२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युद्ध अन्त्य गर्न अर्मेनिया र अजरबैजानबीच सम्झौता

२०७७, २५ कार्तिक मंगलवार ११:११

कात्तिक  २५, अर्मेनिया (रासस/एपी) । नागोर्नो–काराबाखमा भइरहेको युद्ध अन्त्यका लागि अर्मेनिया र अजरबैजानले सम्झौता गरेका छन् । रुसको रोहबरमा मंगलबार दुई देशले युद्ध अन्त्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । योसँगै क्षेत्र क्षेत्रमा झण्डै दुई हजार शान्ति सैनिक खटिएका छन् । 

सन् १९९४ देखि अर्मेनियाको आदिवासी समुदायको नियन्त्रणमा रहेको यस क्षेत्रलाई दुवै देशले आफ्नो क्षेत्रको रुपमा दावी गर्दै आएका छन् । यस भूमिलाई आफ्नो दावी गर्दै दुई देशका बीचमा भएको भिडन्तका क्रममा अहिलेसम्म तीस हजारभन्दा बढीको मृत्यु भइसकेको जनाइएको छ । पछिल्लो समय गत सेप्टेम्बर २७ तारिखदेखि फेरि युद्ध चर्किएको थियो । यस क्षेत्रमा बेला बेलामा शान्त हुने र बेला बेलामा युद्ध चर्किने हुदै आएको छ । 


दुई देशका बीचमा भएको सम्झौता आज मंगलबारदेखि नै कार्यान्वयनमा आएकाले दुई देशवीच युद्ध तत्कालका लागि रोकिएको छ । अर्मेनियाका प्रधानमन्त्री निकोल पशिनियानले सामाजिक सञ्जाल फेसबुकमार्फत लडाई सधैँका लागि अन्त्य गर्न आह्वान गर्नुभएको छ ।  उहाँले लेख्नुभएको छ, “यो लडाई भइरहँदा आफुलाई व्यक्तिगत रुपमा र आम नागरिकलाई अत्यन्त पिडा भइरहेको छ । त्यसैले यो अव सधैँका लागि अन्त्य गर्नुपर्दछ ।” 

अजरबैजान र अर्मिनियाबीच पछिल्लो समयमा छ हप्तादेखि चलेको युद्धपछि सहमति भएको हो । विवादित नगोर्नो काराबाख क्षेत्रलाई अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको मानिन्छ तर त्यो क्षेत्र सन् १९९४ देखि अर्मिनियाको जातीय समूहको नियन्त्रणमा छ ।

नयाँ सम्झौताअनुसार युद्धका क्रममा आफ्नो नियन्त्रणमा लिन सफल नगोर्नो काराबाख क्षेत्रको केही स्थान अजरबैजानले नै प्राप्त गर्ने भएको छ । त्यसबाहेक अन्य केही क्षेत्रबाट समेत आफू फिर्ता हुन अर्मिनियाले सहमति जनाएको छ ।

युद्धका क्रममा अजरबैजानले रुसको सैन्य हेलिकोप्टर खसालेको पनि स्वीकार गरेको छ । उक्त आक्रमणमा चालक दलका दुई सदस्यको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा