१ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कुश्मा बजारका सडकमा धमाधम कालोपत्रे

१ मंसिर २०७७, सोमबार ०३:३०

मङ्सिर १, कुस्मा | जिल्ला सदरमुकाम कुश्मा बजारभित्रका मुख्य सडकहरुमा कालोपत्रे बिच्छ्याउने कार्य शुरु भएको छ । सङ्घीय सरकारको शहरी विकास कार्यालयमार्फत नगर क्षेत्रको बजारभित्रको झण्डै तीन किलोमिटर सडकखण्डमा कालोपत्रे बिच्छ्याउने कार्य शुरु भएको हो । नगरभित्रका मुख्य तथा भित्री सडकको स्तरोन्नति र कालोपत्रेको कामलाई तीव्रता दिइएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र  जोशीले बताउनुभयो । 

नगरभित्रको तीन किलोमिटर सडक चालु आर्थिक वर्षभित्रै सक्नेगरी शिवालयचोक, धनेश्वरचोक, मैत्रीचोक, मेलमिलापचोकलगायतका क्षेत्रमा सडक विस्तार र कालोपत्रेको कामलाई तीव्रता दिइएको हो ।

बजारक्षेत्रका मुख्य सडक आठ मिटर चौडा पारेर कालोपत्रे गर्न सहरी विकास तथा पूर्वाधार विकास विभागबाट काम भइरहेको छ । मुख्य बजारमै भएको साँघुरो सडक र स्थानीयवासीले सडक मिचेर बनाएका पेटी भत्काएर फराकिलो पार्दै सडकमा कालोपत्रे बिच्छ्याउने काम अघि बढेको छ ।  नगरको मुख्य र भित्री बजारका सबैजसो सडक न्यूनतम आठ मिटर चौडा बनाउने गरी सडक विस्तारमा जुटेको नगर प्रमुख जोशीले बताउनुभयो । यद्यपि कतिपय स्थानमा भने मापदण्ड नपुगेर सडक विस्तार गरिएको छ ।

पहिलो चरणमा रिङरोडको सडकका घरटहरा भत्काइसकिएकाले अब सडक चौडा पारेर मुख्य काम शुरु गरिएको नगर प्रमुख जोशीले बताउनुभयो । “बजारका सबै सडकको न्यूनतम मापदण्डानुसार चौडा पार्ने काम सकियो”, उहाँले भन्नुभयो, “अहिले दोस्रो चरणका काममा अघि बढेका छौँ।” शाखा सडकहरू यसअघि पाँच मिटर कायम गरिएकोमा नगरपालिका कार्यान्वयनपछि आठ मिटरको मापदण्ड बनाएर फराकिलो पार्ने योजना बनाइएको छ तर केही पक्की घरहरु पहिले नै बनेका कारण बजार क्षेत्रका सबै सडक आठ मिटरको कायम भने हुन नसकेको नगरप्रमुख जोशीको भनाइ छ ।

सडकमा कालोपत्रे बिच्छ्याउने काम शुरु भए पनि बजार क्षेत्रका केही मुख्य सडक भने यस पटक छुटेका छन् । सडकमा कालोपत्रे र नाली बनाउनका लागि पर्याप्त बजेट नभएका कारण सबै सडक यसै पटक कालोपत्रे गर्न नसकिएको जोशीले बताउनुभयो । अहिले शिवालय चोकदेखि धनेश्वर चोक हुँदै प्रगति चोकबाट बडागाउँ र मैत्री चोकदेखि शिवालय माविसम्मको सडक मात्र कालोपत्रको काम भइरहेको छ । बाँकी सडकमा कालोपत्रे बिच्छ्याउने कार्यका लागि सङ्घ र प्रदेश सरकारकासँग समन्वय भइरहेको नगरप्रमुख जोशीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन नतिजा सार्वजनिक कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु नेकपा एमालेले प्रचण्डले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताए जनताले चाहेको तीव्र विकासको आकाङ्‍क्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरू सडकमै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु नयाँ वर्ष २०८२ को अवसर पारी आज युट्युबमा आयो ‘घरज्वाइँ’ चलचित्र नयाँ वषसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक आगमन बढ्यो विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली कांग्रेसका सह-महामन्त्री परियारले प्रधानमन्त्रीलाई शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ भनेर पत्र लेखे ‘अथाह सम्भावनालाई सदुपयोग गर्ने वर्ष बनोस्’ कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता एमाले सचिवालय बैठक सुरु