२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रासस समाचार प्रभाव : गलेश्वरको सडक र पुलका ठेकेदार काममा फर्किए

८ मंसिर २०७७, सोमबार ०४:४६

मङ्सिर ८, म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको गलेश्वरस्थित सडक र मोटरेबल पुलका ठेकेदार करिब एक वर्षपछि काममा फर्किएका छन् । 

सकिनुपर्ने समयमा आधा पनि काम नभएको पुल र सडक अलपत्र परेको विषयमा कात्तिक अन्तिम हप्ता राष्ट्रिय समाचार समिति (रासस) मार्फत समाचार प्रकाशन प्रसारण भएको थियो । सहायक ठेकेदारले अधकल्चो बनाएर छोडेको सडक र पुल निर्माणलाई पूर्णता दिन मुख्य ठेकेदारले काम थालेका हुन् । 

गजुरमुखी निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर नरेन्द्र न्यौपानेले पुल निर्माण र सडक कालोपत्रे गर्न मजदुर परिचालनसँगै उपकरण र निर्माण सामग्री जुटाउन थालेको बताउनुभयो । “गलेश्वरसहित बेनी–जोमसोम सडकमा अहिले ८० मजदुर ल्याइसकेको र थप ३०० मजदुर ल्याउँदै छौँ”, उहाँले भन्नुभयो, “आगामी चैत महिनाभित्र पुल र सडक निर्माण गरिसक्छौँ ।”

गलेश्वरको पुल बनाउन कालिका–गजुरमुखी र सडक निर्माणका लागि गजुरमुखी निर्माण कम्पनीले ठेक्का लिएका थिए । सहायक ठेकेदार विवेक निर्माण कम्पनीका सञ्चालक सचिन क्षेत्री मजदुर र आपूर्तिकर्तालाई भुक्तानी नगरी सम्पर्कविहीन बनेपछि एक वर्षदेखि काम हुन सकेको थिएन । 

प्रिस्टेड प्रविधिको ४० मिटर लामो र ११ मिटर चौडाइ भएको राहुघाटको मोटरेबल बनाउन रु छ करोड २४ लाख तीन हजार ८२५ मा २०७४ असारमा भएको ठेक्का सम्झौताको म्याद २०७६ चैत २६ गतेसम्म थियो । रु चार करोड ८५ लाख दुई हजार ५८ मा एक किलोमिटर १०० मिटर सडक कालोपत्रे गर्न २०७५ असोज २५ गते भएको ठेक्का सम्झौताको म्याद २०७७ असोज २४ गते सकिएको छ । 

मोटरेबल पुलको दुईतर्फ पिलर उठाउने र सडक फराकिलो बनाएर पर्खाल लगाउने काम मात्र सकिएको छ । दुवै योजनाको भौतिक प्रगति ५० प्रतिशतको हाराहारीमा छ । पुलको पिलरलाई पूर्णता दिएर ढलान गर्न तथा सडकमा नाली, टेवा पर्खाल, ग्राभेल र कालोपत्रे गर्ने तयारी गरिएको गजुरमुखीका प्रोजेक्ट म्यानेजर न्यौपानेले बताउनुभयो । 

बेनी–जोमसोम–कोरला सडक आयोजनाका इञ्जिनीयर आशिष मर्हजनले कोरोनाको जोखिम र लकडाउनका कारण रोकिएका कामलाई पुनः गति दिन निर्माण कम्पनी कार्यक्षेत्रमा फर्किन थालेका बताउनुभयो । लक्ष्यअनुसार काम भए चालु आर्थिक वर्षभित्र ७६ किलोमिटर दूरीको बेनी जोमसोम सडक कालोपत्रे सम्पन्न हुने इञ्जिनीयर मर्हजनको भनाइ छ । 

म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले अधुरा र अलपत्र आयोजना निर्माणलाई गति दिन सम्बद्ध कार्यालय तथा निर्माण व्यवसायीलाई ताकेता गरिएको बताउनुभयो । सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधानमा पनि पहल गरिएको प्रजिअ अधिकारीले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ