2026-09-19 03:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतद्वारा ४३ वटा मोबाइल एप्स प्रतिबन्धित

मङ्सिर १०, नयाँदिल्ली (रासस/एपी)। भारतले मंगलबार अरु ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ । प्रतिबन्धित एप्सहरुमा सीमा विवाद जारी रहेका चीनका एप्सहरु पनि रहेका छन् ।

भारतीय सूचना प्रविधि मन्त्रालयले प्रतिबन्धित एप्सहरुले भारतको सार्वभौमसत्ता र अक्षुण्णतालाई चुनौती दिएको जनाएको छ । प्रतिबन्धित एप्सहरुमा चीनको बहुराष्ट्रिय कम्पनी अलिबाबा ग्रुपसँग सम्बन्धित चारवटा एप्सहरु रहेका छन् । 

भारतले केही महिनाअघि लोकप्रिय भिडियो सेयरिङ एप टिकटक र मोबाइल खेल पब्जी समेतका चिनियाँ स्वामित्वमा रहेका केही मोबाइल एप्सहरुमाथि प्रतिबन्ध लगाएको थियो । भारत सरकारले चिनियाँ मोबाइल एप्सहरुले भारतीय प्रयोगकर्ताका गोप्य विवरणहरु संकलन गरी चीन पु–याएको आरोप लगाएको थियो । 

चीन र भारतबीच सीमावर्ती लद्धाखका विषयलाई लिएर महिनौंदेखि विवाद छ । तर सैनिक र कुटनीतिक तहमा सीमा विवादका विषयमा वार्ताहरु भइरहे पनि तनाव जारी छ । यी वार्तामा अघि सारिएका विषयका बारेमा विवरण सार्वजनिक भइरहेको छैन । 

भारतको एप्स प्रतिबन्धलाई लिएर भारतीय सत्तारुढ दलले स्वागत गरेको छ । भारतमा हाल चिनियाँ मोबाइल एप्सहरु तिब्र गतिमा विस्तार र लोकप्रिय भइरहेका छन् । कतिपय चिनियाँ कम्पनीहरुले भारतीय प्रयोगकर्ताका रुचीलाई समेटेर एप्सहरु निर्माण गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई