2026-10-23 08:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

पूर्वप्रधानमन्त्री खनालको निर्वाचन क्षेत्रमा चार करोड बजेट

मङ्सिर १२, पशुपतिनगर (रासस) । पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम क्षेत्र नं १ मा पर्ने स्थानीय तहमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट विनियोजन गरिएको छ । छ स्थानीय तहका ३९ वडा रहेको निर्वाचन क्षेत्रमा यस वर्ष रु चार करोड बजेट निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट बाँडफाँट गरिएको हो । 

सबैभन्दा बढी १४ वटा वडा भएको सूर्योदय नगरपालिकामा रु एक करोड ३५ लाख  विनियोजन गरिएको छ । इलामको कान्छो नगरपालिका माईमा रु ६८ लाख  बजेट विनियोजन गरिएको छ । रोङ गाउँपालिकामा रु ६० लाख, सन्दकपुर गाउँपालिकामा रु ६७ लाख, माईजोगमाई गाउँपालिकामा रु ६० लाख र इलाम नगरपालिका पर्ने एउटा वडामा रु १० लाख  बजेट विनियोजन गरिएको हो ।

कार्यक्रम परामर्श समितिका संयोजक तथा प्रतिनिधिसभा सदस्य  खनालले जुम भिडियोमार्फत संयोजना गर्नुभएको छलफलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७७ ले आयोजना व्यवस्थापन खर्चका लागि निर्दिष्ट गरेको ०.९ प्रतिशतबाट हुन आउने  र जिल्ला समन्वय समितिको कार्यलयले पाउने रकम कटाएर मात्र आयोजनाबापतको रकम भुक्तानी गर्ने गराउने निर्णय गरेको छ । पूर्वाधार विकास कार्यक्रमबाट प्राप्त बजेट कार्यान्वयनका सिलसिलामा सूर्योदय नगरपालिकाको एउटा आयोजना रु ५० लाखभन्दा माथिको भई ठेक्का प्रक्रियाबाट सञ्चालनका लागि बोलपत्र प्रक्रियासम्म पुग्दा कोभिड–१९ का कारण निर्माण व्यवसायीबाट काम हुन नसकेपछि बजेट फिर्ता भएको थियो । सूर्योदयका अन्य योजना सम्पन्न भएको र कोभिडको जोखिमका समयमा समेत बजेट कार्यान्वयन गरी आयोजना सफल बनाएकामा सम्बन्धित पक्षलाई धन्यवाद दिने निर्णय गरेको छ ।

छलफलमा परामर्श समिति सदस्य एवं जिसस प्रमुख गणेश बराल र उपप्रमुख चित्रकला बराइली,  इलाम नगर प्रमुख महेश बस्नेत, सूर्योदय नगर प्रमुख रनबहादुर राई, माई नगर प्रमुख दीपककुमार थेबे, रोङ गाउँपालिका अध्यक्ष शम्सेर राई, सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राई, माईजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राई र परामर्श समितिका सदस्य सचिव जिल्ला समन्वय अधिकारी हरिबहादुर दाहालको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने