१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेरोजगारलाई रोजगारी दिन ३ अर्ब बजेट निकासा, कुन स्थानीय तहलाई कति ? (सूचीसहित)

१५ मंसिर २०७७, सोमबार ०७:४९

मङ्सिर १५, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विपन्न बेरोजगार युवाहरुलाई रोजगारी दिनको लागि हालसम्म ६ अर्ब ८९ करोड रुपैयाँ स्थानीय तहलाई निकासा गरेको छ । 

चालु आर्थिक वर्ष २०७७/०७८ मा २ लाखलाई रोजगारी दिन ११ अर्ब ६० करोड बजेट विनियोजन गरिएकोमा अब बाँकी ३ अर्ब ४४ करोड ७० लाख अनुदान रकम स्थानीय तहको मागको आधारमा पुनः बाँडफाँट गरी पठाइने प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक सुमन घिमिरेले जानकारी दिए । 

६ अर्ब ८९ करोड रुपैयाँ निकासा भएकोमा पहिलो चरणमा गत २०७७ जेठ १५ गते ३ अर्ब ८९ करोड रुपैयाँ विनियोजन गरी स्थानीय तहमा पठाइसकेको निर्देशक घिमिरेले बताए । मन्त्रालयले दोश्रो चरणमा ३ अर्ब रुपैयाँ स्थानीय तहलाई निकासा गरेको उनले बताए । उक्त रकमबाट ५६९ स्थानीय तहले ५८ हजार २७ जनालाई १०० दिनको रोजगारी दिनेछन्  ।

श्रम मन्त्रालयले दुई चरणमा स्थानीय तहलाई निकासा गरेको रकमले १ लाख ३३ हजार ३ सय २७ जानले रोजगारी पाउनेछन् । त्यसैगरी बजेट विनियोजन गरेको स्थानीय तहले सामूदायिक निर्माण आयोजना तथा मर्मत कार्यमा संलग्न भई रोजगारी प्राप्त गर्नेछन् । जसबाट श्रमिकले प्रति दिन ५१७ रुपैयाँको दरले ज्याला पाउनेछन् ।

चालु आवको असोजसम्ममा मन्त्रालयमा ६ लाख ८२ हजार १ सय १५ जना बरोजगारहरूको सूचिमा सूचिकृत भइसकेका छन् । सुचिकृत भएका मध्ये विपन्न वर्गले मात्रै रोजगारी पाउने हिसाबले स्थानीय तहबाट पहिचान गरी रोजगारी दिइरहेको मन्त्रालयले जनाएको छ ।

७० प्रतिशत ज्यालामा भुक्तानी हुनुपर्ने

बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यका साथ अगाडि बढाइएको प्रधानमन्त्री रोजगार कार्यक्रममा अधिकांश खर्च श्रमिकको ज्याला भुक्तानी गर्नुपर्ने हुन्छ । श्रमिकको ज्याला भुक्तानीमा न्यूनतम ७० प्रतिशत हुनुपर्ने कार्यविधिमा तोकिएको छ ।

त्यसैगरी, निर्माण सामाग्री खरिदमा अधिकतम २५ प्रतिशत, कामका लागि आवश्यक हाते औजार खरिदमा अधिकतम ३ प्रतिशत, श्रमिकका लागि कार्यस्थल सुरक्षा सामाग्री खरिदमा अधिकतम २ प्रतिशत र कन्टिन्जेन्सी खर्च अधिकतम १ प्रतिशत हुनुपर्ने मन्त्रालयको कार्यविधिमा उल्लेख  छ ।

कुन–स्थानीय तहमा कति पाउँछन् रोजगारी ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु