१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीका सात स्थानीय तहमा अस्पताल निर्माण हुने

१५ मंसिर २०७७, सोमबार ११:१३

 मंसिर १५, बैतडी | नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले बैतडीका सातवटा स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास गरिएका छन् । 

जिल्लाका दुई स्थानीय तहमा १५ शैया र पाँच स्थानीय तहमा १० शैया गरी सातवटा स्थानीय तहमा अस्पताल शिलान्यास गरिएका हुन् । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकाको न्वाउदेउमा १५ शैयाको अस्पतालको शिलान्यास गरिएको हो । 

यस्तै सुर्नयाको रौलेश्वरमा, डिलाशैनी गाउँपालिकमा, शिवनाथ गाउँपालिकाको सुल्लेखानमा, पञ्चेश्वर गाउँपालिकाको कुलाउमा र दोगडाकेदार गाउँपालिकाको सित्तडमा १०र१० शैयाको अस्पताल शिलान्यास गरिएको हो । जिल्लाको सुर्नया गाउँपालिकामा निर्माण हुने अस्पतालको सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट र गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले संयुक्तरुपमा शिलान्यास गरेका छन् ।  

कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्टले नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउनका लागि सरकारले पहल गरिरहेको बताएका छन् ।  उनले भने, “स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले यो हकलाई प्रत्याभूत गर्न तिनै तहका सरकार लागिपरेका छन्”,  स्वास्थ्य सेवा नागरिकको आधारभूत सेवा भएकाले यो सेवा प्रत्याभूतका लागि सरकारकोतर्फबाट पहल भइरहेको छ”, उनले भने, “पालिकास्तरमा स्थापना भएका अस्पतालले स्वास्थ्य सेवा सुदृढीकरणमा सहयोग पुग्नेछ, सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा ‘ठूलो क्रान्ति’का रुपमा पनि लिएको छ ।”यस्तै सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले गाउँपालिकावासीको स्वास्थ्य सेवामा पहुँच पु¥याउनका गाउँपालिकाले पहल गरिरहेको बताए । पालिकास्तरमा बन्ने अस्पतालले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच बढ्दै जाने पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जानकारी दिए । 

सङ्घीय सरकारले १५ शैयाको अस्पतालका लागि एक करोड र १० शैयाको अस्पतालका लागि ८५ लाखका दरले बजेट पठाएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु