मंसिर १९, काठमाडौँ | प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक ह्याक भएको छ | मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फोटोमा एक जना युवती र कभर फोटोमा जंगलको तस्बिर राखिएको छ |
उनको फेसबुक शुक्रबार बिहान ह्याक भएको हो |
मुख्यमन्त्रीको फेसबुकमा बिहान-बिहानै अनावश्यक कुराहरू पोस्ट भएको उनका प्रेस संयोजक आतिश मिश्रले बताए | उनका अनुसार,ह्याक कसरी र कहाँबाट भएको हो भन्नेबारे छानबिन भइरहेको छ |