१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गण्डकी प्रदेशले ल्यायो द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम

२२ मंसिर २०७७, सोमबार ०५:२४

मङ्सिर २२, गलकोट । गण्डकी प्रदेश सरकारले प्रदेशका पाँच जिल्लामा द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम शुरु गरेको छ । प्रदेशका बागलुङ, गोरखा, तनहुँ, कास्की र लमजुङमा शहीद परिवार, अपाङ्गता भएका, बेपत्ता र द्वन्द्वपीडित व्यक्ति र परिवारलाई राहत तथा पुनःस्थापना कार्यक्रम शुरु गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । 

यो कार्यक्रमअनुसार बागलुङमा गोलभेँडा खेती र बाख्रापालनका लागि तालीम तथा बीउ पूँजी प्रदान गरिनेछ । यसका बारेमा मन्त्रालयले आइतबार बागलुङका सरकारी निकाय, राजनीति दल, सामाजिक सङ्घ संस्थाका प्रमुखसँग अन्तक्र्रिया गरेको छ ।

द्वन्द्वपीडित व्यक्ति तथा परिवारलाई राहत तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत गोलभेँडा खेतीतर्फ ३० र बाख्रापालनतर्फ ३० जनालाई तालीमका साथै प्रतिव्यक्ति गोलभेँडा खेतीका लागि रु ३० हजार र बाख्रापालनका लागि रु १५ हजार बीउ पूँजी प्रदान गरिने मन्त्रालयका उपसचिव काशीराज गैरेले जानकारी दिनुभयो । यो कार्यक्रमका लागि ३० दिनको म्याद राखेर आवेदन माग गरिएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले जनयुद्ध र विभिन्न आन्दोलनमा प्रभावित भएका व्यक्ति र परिवारका लागि राज्यले निरन्तररूपमा सम्बोधन गर्ने प्रयास गरिरहेको बताउनुभयो । “शहीद तथा बेपत्ता परिवारलाई नेपाल सरकारले रु १० लाखका दरले रकम प्रदान गरिसकेको छ, यद्यपि यसलाई किस्ता किस्तामा नदिई एकमुष्ट दिएको भए कुनै ठूलै योजना र काममा लगानी गर्न सक्थे होलान्”, मन्त्री चुमानले भन्नुभयो, “द्वन्द्वपीडित घाइते अपाङ्गता भएकाका हकमा पनि गृहमन्त्रालयले अहिले सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने नीति लिएको छ, प्रदेश सरकारले सीपमूलक कार्यक्रम शुरु गरेको छ, आगामी दिनमा यसलाई अझ बजेट बढाएर व्यवस्थित गर्दै लैजानेछौँ ।”

मन्त्री चुमानलाई सरोकारवाला निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा पत्रकारले द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम राम्रो भए पनि बजेटको आकार सानो र प्रक्रियागत झन्झट बढी भएकाले यसलाई परिमार्जन गर्न आग्रह गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु