मंसिर २२, काठमाडौं | नेपाली काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलम भारतको मोतिहारीबाट पक्राउ परेका छन् | भारतीय प्रहरीको समन्वयमा उनलाई मोतिहारीबाट पक्राउ गरिएको हो |
रौतहट बम विष्फोटको घट्नामा फरार रहेका महताव पक्राउ परेका हुन् | ०६४ चैत २७ मा रौतहटमा बम विष्फोट गराइएको थियो | घट्नाका मुख्य योजनाकार काँग्रेस सांसद तथा पूर्वमन्त्री आफ्ताव पुर्पक्षका लागी नख्खु कारागारमा छन् | प्रहरीले आफ्तावलाई ०७६ असोज २७ मा पक्रेर मुद्दा चलाएको थियो ।
आलमका काका शेख इन्द्रिसको घरमा भएको विष्फोटका घाईते २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरलाई आफ्तावको दाजुभाईको समूहले ईट्टाभट्टामा जिउँदै जलाएको आरोप छ |