मंसिर २२, काठमाडौं | प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् | बैठक भोलि बिहान ११ बजे बोलाउने तयारी भएको ओलीको सचिवालयले जनाएको छ |
समसामयिक बिषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ | पछिल्लो समय नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ | भने,देशभर राजावादीहरुले प्रदर्शन गरिरहेका छन् | आइतबार बोलाइएको सचिवालय बैठकमा अध्यक्ष ओली उपस्थित नभएपछि पार्टी भित्रको विवाद स्थायी कमिटिमा प्रवेश गरेको हो |
कुनै ठूला निर्णय लिनुपर्ने वा राष्ट्रिय एकता दर्साउनुपर्ने बेलामा सर्वदलीय बैठक बोलाउने गरिन्छ |