प्रेम सुनार/साउन १८, गुल्मी । गुल्मी जिल्लाका सरकारी कार्यालयहमा  गत आर्थिक वर्षमा १० करोड भन्दा बढि रकम  राज्य कोष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/साउन १८, गुल्मी । गुल्मी जिल्लाका सरकारी कार्यालयहमा  गत आर्थिक वर्षमा १० करोड भन्दा बढि रकम  राज्य कोष"/>
2026-10-29 12:57 AM
अर्थ/विकास

गुल्मीमा १० करोड फ्रिज, राजश्वमा भने बृद्धि

प्रेम सुनार/साउन १८, गुल्मी । गुल्मी जिल्लाका सरकारी कार्यालयहमा  गत आर्थिक वर्षमा १० करोड भन्दा बढि रकम  राज्य कोषमा फिर्ता भएको छ ।  कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक तथा सुचना अधिकृत दधिराम मरासीनीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७२०७३ मा पुँजगत तर्फ १० करोड ९४ लाख  ९८ हजार ३ हजार ४ सय ३ रुपैयाँ फ्रिज  भएको छ ।

त्यस्तै तलव भक्ता लगायतमा खर्च हुने चालु तर्फ ११ करोड १८ लाख ३१ हजार ३ सय ३ रुपैयाँ पनि राज्य कोषमा फिर्ता  जाने भएको छ  । यसबाट चालु तर्फ ९६.०३ प्रतिशत खर्च भएको देखिन्छ । त्यस्तै पुँजीगत तर्फ ९०.५७ प्रतिशत खर्च भएको पाईएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजश्व संकलनमा भने गुल्मीमा अघिल्लो वर्षको तुलनामा बृद्धि भएको छ । कोष नियन्त्रक मरासीनीका अनुसार आर्थिक वर्ष २०७१ ÷० ७२ मा  ११ करोड ९६ लाख ९६ हजार २ सय ६४ राजश्व संकलन भएको थियो । तर आर्थिक वर्ष २०७२÷०७३ मा झण्डै ४ करोड भन्दा बढि रकम राजश्व बृद्धि भएको छ ।

गत आर्थिक वर्षमा कुल १६ करोड  १३ लाख ८ हजार ३ सय ४६ रुपैयाँ राजश्व संकलन भएको कोष नियन्त्रक मरासीनीले जानकारी दिए ।  संस्था दर्ता लगायतको कर अशुलमा बृद्धि  भएको र रेसुङ्गा नगरपालिकाका कारण पनि राजश्व संकलनमा लक्ष्य भन्दा बढि प्रगती भएको मरासीनीको ठहर छ ।

त्यस्तै रेसुङ्गा नगरपालिकामा गत आर्थिक वर्षमा आन्तरिक तफै ३४ लाख र मालपोत रजिष्टेशनबाट ४६ लाख राजश्व बृद्धि भएको त्यस नगरपालिकाका कार्यकारी अधिकृत वावुराम पल्लीले जानकारी दिए । सो कार्यालयका  लेखापाल राजेन्द्र रेग्मीका अनुसार आर्थिक वर्ष २०७१÷०७२  मा आन्तरिक तर्फ २६ लाख र मालपोत रजिष्टेशनबाट ४८ लाख राजश्व संकलन भएको थियो ।

कार्यकारी अधिकृत पल्लीका अनुसार रेसुङ्गा नगरपालिकाका लागि गत आर्थिक वर्षमा चाल् खर्चको ४१ लाख  रुपैयाँ शतप्रतिशत खर्च गर्न सो कार्यालय सफल भएको छ ।  पुँजीगत तर्फ २ करा्ड ८४ लाख ६० हजार पनि शतप्रतिशत खर्च गर्न सफल भएको छ ।

सडकवोर्ड कार्यक्रमको ३ लाख ६० हजार रुपैयाँ पनि पुरै खर्च भएको छ । सामाजिक परिचालनका लाखि परेको ३४ लाख ६६ हजार     मध्ये ३२ लाख २० हजार मात्रै खर्च भएको र २ लाख २६ हजार राज्यकोषमा फिर्ता जाने भएको कार्यकारी अधिकृत पल्लीले बताए  । लागत सहभागिता कार्यक्रमको ८७ लाख ४३ हजार पनि पुरै खर्च भएको पल्लीले जानकारी दिए ।

२०७१ साल बैशाख २५ गते नगरपालिकाको दैनिक कार्य सञ्चालन भए पनि हाल सम्म वडानागरिक मञ्च गठन हुन नसकेको प्रति कार्यकारी अधिकृत पल्लीले दुख व्यक्त गरे । उनले पटक पटक गठनकाृ प्रयास गरिए पनि सफल हुन नसकेको गुनासो गर्दै पल्लीले यस प्रति सवै राजनैतिक दलहरुको ध्यानकृष्ट गराए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ