मंसिर २३, काठमाडौँ | मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ | बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको उपस्थिति रहेको छ |
समसामयिक विषयमा छलफल गर्न बैठक सर्वदलीय बोलाइएको हो | पछिल्लो समय देशभर राजावादीहरुले प्रदर्शन गरिरहेका बेला गणतन्त्र पक्षधरहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिँइदै आएको छ | शनिबार मात्रै ओलीको गृह जिल्ला झापासहित देशका विभिन्न स्थानमा राजावादीले प्रदर्शन गरेका थिए |
यस बिषयमा छलफलका लागि नेकपा स्थायी समिति बैठकमा जनार्दन शर्माले ‘विशेष प्रस्ताव’ पेश गरेका थिए |