मंसिर २६, एजेन्सी | अफगानिस्तानमा एक पत्रकार महिलाको गोली हानी हत्या भएको छ | अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार,रेडियो र टेलिभिजनमा कार्यरत पत्रकार मलाला माइवन्दको हत्या भएको हो |
कार्यालय जाँदै गर्दा हतियारधारी समूहले उनी चढेको गाडीमा आक्रमण गरेको बिबिसीले जनाएको छ | आक्रमणमा परि उनका गाडी चालकको पनि ज्यान गएको बताइएको छ | हाल सम्म आक्रमणको जिम्मा कसैले पनि लिएको छैन |
सामाजिक अभियन्ता समेत रहेकी पत्रकार माइवन्दले पत्रकार महिलाको हकहितका लागि आवाज उठाउँदै आएकी छिन | उनकी आमाको पनि पाँच वर्षअघि हत्या भएको समाचार एजेन्सी रोयर्टसले जनाएको छ |