९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उखु किशानलाई सरकारको झुटो आश्वासन

२८ मंसिर २०७७, आईतवार ०७:४५

मंसिर २८, काठमाडौँ | यतिबेला सर्लाहीका उखु किसानहरु आन्दोलनका लागि काठमाडौँ आएका छन् | उनीहरुले चिनि उद्योगीबाट बक्यौता रकम हाल सम्म पाएका छैनन् | चिनि उद्योगीबाट उनीहरुको बक्यौता रकम उठाइदिने सरकारले गरेको आश्वासन पुरा नभएपछि आइतबार फेरी आन्दोलनका लागि काठमाडौँ आएका हुन् |

सरकारले गत पुष १६ गते गरेको सम्झौता कार्यान्वयन गरेको छैन | उक्त सम्झौता कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ | किसानले शान्तिपूर्णरुपमा माइतीघरबाट समस्या समाधान नभए सिंह दरबार घर्ने चेतावनी दिएका छन् |

सरकार सँग पटक -पटक आफ्ना माग राख्दा समेत वेवास्था गरेको उनीहरुको भनाइ छ | सरकारले गरेको प्रतिबद्धता अनुसार, मंसिर २६ गते भित्र बक्यौता रकम पाइसक्नु पर्ने भएपनि हालसम्म कुनै प्रगति नभएको उखु किसान संघर्ष समितिका एक सदस्यले बताए |

किसानहरुले श्रीराम सुगर मिलबाट २६ करोड, इन्दिरा सुगर मिलबाट ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलबाट ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलबाट १७ करोड रुपैयाँ बक्यौता रकम लिन बाँकी छ |

यसअघि पुस १८ २०७६ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसानबिच किसानहरुको भुक्तानी दिन सम्झौता भएको थियो |

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसानबिच भएको सम्झौता यस्तो छ 

विभिन्न जिल्लामा उखु किसानहरुले विगत लामो समयदेखि चिनी उद्योगहरुले भुक्तानी दिन बाँकी रहेको उखु खरिदको बक्यौता रकम भुक्तानी गर्ने सम्बन्धमा यस मन्त्रालय संवेदनशील र गम्भीर भई अधिकतम पहलकदमी गरी किसानहरुलाई रकम उपलब्ध गराउने हरतरहले प्रयासरत छ । 

यसै सन्दर्भमा माननीय मन्त्रीज्यूको पहलमा विभिन्न मितिमा चिनी उद्योग सञ्चालक (उद्योगीहरुसँग र उखु किसानका प्रतिनिधीहरुसँग पटक-पटक छलफल भएको । छलफलमा उपस्थित नभएका चिनी उद्योगका सञ्चालकहरुका हकमा सम्पर्कमा ल्याउनका लागि गृह मन्त्रालय लगायत अन्य सम्बन्धित निकायमा पत्राचार गरी सो पश्चात चिनी उद्योगका सञ्चालकहरु यस मन्त्रालयको सम्पर्कमा आउने र उखु किसानहरुको भुक्तानी दिन सुरु भइसकेको । यसै सन्दर्भमा मा. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीज्यूको उपस्थितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसान बीच मिति २०७६/०९/१८ मा देहाय वमोजिमको समझदारी भएको छ ।

 १. नेपाल सरकारबाट निर्धारण भएको उखुको मूल्य बमोजिमको उखु किसानहरुको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीहरुले २०७६ माघ ७ गते भित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने ।

 २. उखु किसान र सञ्चालकहरुसँग सम्वन्धित उखुको उत्पादकत्व बढाउने, किसानहरुलाई समयमै मल, वीउ लगायत मेसीन उपलब्ध गराउने, नेपाली चिनी उद्योगलाई आत्मनिर्भर र चिनी निर्यात समेत गर्न सक्ने बनाउन चिनी उद्योगको सहउत्पादनको उपयोग, उखु वापतको रकम तत्काल भुक्तानी गर्न चिनी उद्योगहरुलाई अवश्यक चालु पुजी र नगद प्रवाहको व्यवस्थापनका उपाय सिफारिस गर्न तथा उखु किसानहरुको हरेक वर्ष देखिने भुक्तानी समस्याको दिगो समाधान गर्न उखु खरिद विक्री गरेको रकम तुरुन्त भुक्तानी हुने स्वचालित प्रणाली बनाउने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन दिन यस मन्त्रालयका सहसचिवको संयोजकत्वमा सरोकारवाला निकायहरु, चिनी उद्योगी, किसान प्रतिनिधि र विज्ञहरु समेत रहेको कार्यदल गठन गर्ने र उक्त कार्यदलको प्रतिवेदन क्रमश: कार्यान्वयन गर्ने । 

३. नेपाल सरकारबाट उखु किसानहरुलाई उपलब्ध गराईने अनुदान बापतको रकम किसानहरुले समयमै नपाएको गुनासोका सम्बन्धमा समयमै पर्याप्त रकम निकासाको लागी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र अर्थ मन्त्रालयमा अनुरोध गरी पठाउने । 

४. उखु किसानहरुको भुक्तानी, चिनीको आपूर्ति लगायतका विषयमा कुनै समस्या/गुनासो भए उखु किसान र उद्योगीहरुले तत्काल जानकारी गराउन र सोको सम्बोधन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखालाई सम्पर्क महाशाखाको रुपमा तोक्ने । 

५. भुक्तानीका लागि काठमाडौंमा आई सरकार समक्ष समेत माग राखेकोमा सबै किसानहरुले आजैबाट ध्यानाकर्षणका गतिविधिहरु तुरुन्त स्थगित गर्ने |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै