२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउन सुझाव

२९ मंसिर २०७७, सोमबार ०९:०३

मङ्सिर २९, काठमाडौँ । अपाङ्गता भएका बालबालिकालाई कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट शिक्षा दिन निकै गाह्रो भइरहेको छ । विद्यालय वा आफ्ना साथीसँग खेलेर रमाउँदै सिक्ने बानी परेका ती बालबालिकालाई अनलाइन माध्यमबाट घरमा ध्यान केन्द्रित गराएर सिकाउन कठिन भएको हो । 

बौद्धिक अपाङ्गता, अटिजम, श्रवणदृष्टिविहीन, डाउन सिन्ड्रोम भएका बालबालिकाको सिकाइ निरन्तरतामा सहजीकरणका लागि तीन तहका सरकार र समुदायको पहल आवश्यक देखिएको छ । 

अपाङ्ता मानवअधिकार प्रवद्र्धन समाजले नेपालस्थित अस्ट्रेलियाली दूतावासको सहयोग र शिक्षा पत्रकार समाजको सहकार्यमा भर्चुअलरुपमा आयोजना गरिएको ‘कोभिड–१९ को महामारीको पृष्ठभूमिमा नेपालमा समावेशी शिक्षाको कार्यान्वनको अवस्था’ सम्बन्धी छलफलमा  समावेशी शिक्षा नीतिको कार्यान्वयन नभएमा विपद्का समयमा अपाङ्गता भएका बालबालिकाको सिकाइमा सहज नहुने बताइएको हो । 

राष्ट्रियसभाका सदस्य डा बिमला पौडेलले संविधानमा भएको मौलिक हकअनुसार सबै प्रकारका बालबालिकाको शिक्षामा समान अधिकार दिन र पहुँच वृद्धि गर्न तीनै तहका सरकार सक्रिय हुनुपर्ने बताउनुभयो । शिक्षाविद् प्राडा वासुदेव काफ्लेले स्थानीय तहमा ज्ञान, सूचना र स्रोत केन्द्रको स्थापना गर्न आग्रह गर्दै विपद्का समयमा त्यस्ता स्रोत केन्द्र सधँै कामयावी हुने बताउनुभयो । उहाँले राष्ट्रिय शिक्षा नीतिले समावेशी शिक्षालाई उच्च महत्व दिन नसकेको जनाउँदै राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय अभिसन्धीको कार्यान्वयनका लागि समावेशी संयन्त्र निर्माण गर्न सुझाव दिनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि हरि ज्ञवाली र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहप्रवक्ता डा दिव्या दवाडीले विद्यमान शैक्षिक नीतिभित्र समावेशीताको पक्षमा सरकारका पहललाई बढाउन सबैको सहयोग पर्ने उल्लेख गर्नुभयो ।

अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्था र शिक्षा समूहका संयोजक डा लक्ष्मी पौडेलले बनेको उपयुक्त नीतिको कार्यान्वयनका लागि तीनै तहका सरकार सशक्त हुनुपर्ने र गैह्रसरकारी संस्थाले सहकार्य बढाउनुपर्ने बताउनुभयो । अपाङ्गता मानव अधिकार प्रवद्र्धन समाजका अध्यक्ष सुदर्शन सुवेदीले कोभिड–१९ को महामारीले सबैभन्दा धेरै अपाङ्गता भएका व्यक्तिलाई  प्रभावित पारेको र यसमा तिनै तहका सरकार थप गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य