2026-07-25 06:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानको नयाँ कानुन : बलात्कारीलाई नपुंसक बनाउने

पुस १, एजेन्सी । पाकिस्तानले बलात्कारीलाइ नपुंसक बनाउने कानुन ल्याउने तयारी गरेको छ। घटनामा दोषी प्रमाणित भए रसायनिकरूपमा नपुंसक बनाउन सकिने प्रावधान सहित उक्त कानुन ल्याइएको हो ।

मंगलबार पाकिस्तानका राष्ट्रपति आरिफ अल्बीले अध्यादेश जारी गरेका हुन् । अबको चार महिना भित्र पाकिस्तानका प्रधानमन्त्रीले उक्त कानुनलाई संसदबाट पास गरेपछि कानुन कार्यन्वयनमा आउनेछ। कानुनमा  बलात्कारसम्बन्धी मुद्धा हेर्न फास्ट ट्र्याक अदालतको गठन गरिनेछ बताइएको छ । उक्त अदालतले चार महिनापछि आफ्नो फैसला सुनाउन सक्नेछ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारले यससम्बन्धी अध्यादेशलाई गत महिना स्वीकृति दिएको थियो । विश्वमा इन्डोनेशिया, पोल्यान्ड लगायतका देशले यस्ता कानुन बनाइसकेका छन् । सन् २००९ मा पोल्यान्ड र सन् २०१६ मा  इन्डोनेशियाले यस्ता कानुन बनाएका थिए ।

एक महिलाको राजमार्गमा सामुहिक बलात्कार भएपछि पाकिस्तानभर त्यसको विरोध भएको थियो ।ति महिला आफ्ना दुई बच्चासहित लाहौरतर्फ आइरहेकी थिइन् । घटनाको दोश्रो दिन आफ्ना दुई सन्तानका अगाडि बलात्कृत भएकी महिला पनि दोषी भएको बयान लाहौरका शीर्ष प्रहरी अधिकारीले दिएका थिए।

उक्त घटना पछि पाकिस्तानभर बलात्कारका घटनामा कडा सजायको मागसहित कानुनको माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय