2026-10-15 09:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुदूरपश्चिममा ५ प्रतिशतको कोरोना परीक्षण

पुस १, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ सङ्क्रमण फैलिएपछि नौ महिना  अवधिमा आरटी—पिसिआर पद्धतिबाट एक लाख २४ हजार ८६१ जनाको नमूना परीक्षण गरिएको छ । यो प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को चार दशमलव ८९ प्रतिशत हो । परीक्षण गरिएका शङ्कास्पद नमूनामध्ये १२ हजार ५०३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा अहिलेसम्म सङ्क्रमित हुनेमध्ये शून्य दशमलव तीन प्रतिशत अर्थात् ४६ जनाको उपचारका क्रममा मृत्यु भएको छ । यद्यपि अन्यत्र ठाउँमा सिफारिस भई मृत्यु भएका तथा सङ्क्रमित भई होम आइसोलेशनमा मृत्यु भएका कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन । शङ्कास्पद एक लाख २५ हजार ६६५ जनाको नमूना सङ्कलन भएकामा केहीको नमूना परीक्षण हुन बाँकी छ ।

गत चैत महिनादेखि फैलिन थालेको कोभिड–१९को सङ्क्रणका कारण हुने मृत्यु दर पछिल्ला दिनमा उकालो लागेको छ । पछिल्लो १५ दिनयता प्रदेशमा आठ सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमण भई अवस्था जटिल भएका बिरामी बढ्दै जाँदा मृत्यु दर पनि बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

पछिल्ला दिनमा नमूना सङ्कलनमा पनि कमी हुँदै गएको छ । प्रदेशका प्रयोगशालामा दैनिक छ हजार नमूना परीक्षण गर्ने क्षमता रहे पनि  बढीमा ४०० नमूना सङ्कलन हुने गरेको छ । अहिलेसम्म १० हजार ९३ जना उपचारपछि घर फर्किएका छन् ।

सेती प्रादेशिक अस्पताल धनगढी, कोभिड–१९ उपचार विभागका प्रमुख डा शेरबहादुर कमर कोरोना भाइरसको सङ्क्रमण हुने दरमा कमी नआएको बताउनुहुन्छ । “जाडो मौसममा ‘भाइरल इम्फेक्सन‘को जोखिम बढी हुने गर्दा कोरोनाको जस्तो लक्षण देखिने निमोनिया, रुघाखोकीका बिरामी बढ्न सक्छन्”, उहाँले भन्नुभयो, “कोरोना भाइरसका जटिल अवस्थाका बिरामी भर्ना हुने दर बढ्दो छ ।”

भाइरसको जस्तो लक्षण देखिने कतिपय व्यक्तिले आफ्नो नमूना परीक्षण नगराएर घरमा बस्दा पनि नमूना सङ्कलनमा कमी आएको जनाइएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका कोभिड—१९ सम्पर्क व्यक्ति हेमराज जोशीले लक्षण देखिएका र उनीहरुको सम्पर्कमा आएका व्यक्ति  र  अन्यत्र ठाउँबाट आएर क्वारेन्टाइनमा बसेकाको मात्र नमूना सङ्कलन गर्नुपर्ने पछिल्लो मापदण्ड बनेकाले पनि नमूना सङ्कलनमा कमी आएको हुन सक्ने बताइएको छ ।

‘‘शुरुका महिनामा भारतलगायतका ठाउँबाट फर्किनहरु बढ्दा नमूना सङ्कलन बढेको थियो”, उहाँले भन्नुभयो,“पछिल्ला दिनमा बाहिरबाट आउने घट्दै जाँदा पनि नमूना सङ्कलनमा कमी आएको हुन सक्छ ।” सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना सङक्रमणको जटिलावस्थाका छ जनाको सघन उपचार कक्ष र दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

 सङ्क्रमणको समस्यासँगै सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा सञ्चालनमा ल्याइएका पिसिआर मेशिनमार्फत नमूना परीक्षण भइरहे पनि सञ्चालन गर्न आवश्यक सामग्रीको व्यवस्थापनमा ढिलाइ हुँदा कञ्चनपुरको महाकाली अस्पतालको मेशिन अझै सञ्चालनमा आउन सकेको छैन । 

 दुई महिनाअघि सो अस्पतालमा पिसिआर मेशिनको व्यवस्थापन भएको थियो । कैलालीको सेती प्रादेशिक अस्पतालमा दुई तथा डडेल्धुरा, डोटी, बैतडी र  अछाम अस्पतालमा व्यवस्थापन गरिएका एकएक मेशिनबाट कोरोनाको नमूना परीक्षण भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने