पुस १, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक स्थगित भएको छ | प्रधनमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा ओली उपस्थित नभएपछि बैठक स्थगित भएको हो |
यसैबीच संसद बैठक आह्वानको माग गर्न हस्ताक्षर सहित स्थायी समिति सदस्यहरु भीम रावल र पम्फा भुसाल शीतल निवास पुगेका छन् | प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले संसदलाई छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको भन्दै नेकपाका नेताहरुले चर्को बिरोध गरेका छन् |
अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले उक्त अध्यादेश फिर्ता गर्नुपर्ने माग गरेका छन् | प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेकी थिइन् | उक्त अध्यादेश खारेज गर्नुपर्ने माग गर्दै आज सर्वोच्च अदालतमा रिट दायर भएको छ |