पुस १, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् । उक्त सहमति संगै नेकपा स्थयी कमिटि बैठक बालुवाटरमा सुरु भएको छ |
बैठकमा प्रधनमन्त्री ओली समेत सहभागी भएका छन् | स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबिच छलफल भएको थियो | मंगलबार राष्ट्रपति विद्या देवी भण्डारीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेकि थिइन् |
उक्त अध्यादेश खारेज गर्नुपर्ने माग गर्दै आज सर्वोच्च अदालतमा रिट दायर भएको छ |