पुस २, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् | नेकपाका अध्यक्ष समेत रहेका ओलीले प्रधानमन्त्री निवास बालुवाटरमा साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् |
बैठकमा अध्यादेश खारेजी लगायतका बिषयमा छलफल हुने बताइएको छ | मंगलबार राष्ट्रपति विद्या देवी भण्डारीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेकि थिइन् | उक्त अध्यादेश विवादित बनेपछि बुधबार प्रधानमन्त्री ओली फिर्ता लिन सहमत भएका थिए |
उक्त अध्यादेश खारेजीका लागि अर्को अध्यादेश जारी गर्नुपर्ने प्रावधान अनुसार मन्त्रिपरिषद् बैठकले सोबारे निर्णय गर्न लागेको बताइएको छ |