२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभामुख बिरुद्धको मुद्दा सर्वोच्चले हेर्न भ्याएन

२०७७, ३ पुष शुक्रबार ०८:५६

पुस ३, काठमाडौँ | सभामुख अग्नि सापकोटा बिरुद्धको मुद्दा सर्वोच्च अदालतले हेर्न नभ्याइने बताएको छ | शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरासहित संवैधानिक इजलासका पाँच वरिष्ठ न्यायाधीशको इजलासमा पेसी तोकेको थियो |

तर अदालतले उक्त मुद्दाको सुनुवाइमा हेर्न नभ्याइने बताएको छ | यसअघि २०७६ फागुन ३० गते पेशी चढे पनि हेर्न नभ्याएपछि शुक्रबारका लागि पेसी सरेको थियो | उनीमाथि काभ्रेका अर्जुन लामाको हत्या आरोप छ |

२०६२ वैशाख ६ मा श्रीकृष्ण मावी, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए । उनलाई खाल्डो खन्न लगाएर ज्यूँदै पुरेको भन्दै उनीकी पत्नी पूर्णिमायाले २०६४ सालमा सापकोटा बिरुद्ध जाहेरी दिएकी थिइन् |

उनको जाहेरी प्रहरीले नलिएपछि पूर्णिमायाले सर्वोच्चमा रिट हालिन | सर्वोच्चको आदेशपछि २०६९ सालमा सापकोटाविरूद्ध मुद्दा दायर भयो | मुद्दा दायर भएका बेला सापकोटा सूचना तथा सञ्चार मन्त्री नियुक्त भएका थिए। सापकोटाविरूद्ध पत्रकार कनकमणि दीक्षितले समेत मुद्दा दायर गरे | 

दीक्षितले सापकोटा फरार अपराधी भएकाले पक्राउ गर्न माग गर्दै अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए | बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राख्ने निर्णय गर्यो | त्यसबिरुद्ध पूर्णिमायाले सर्वोच्चमा मुद्दा हालिन | त्यसपछि सर्वोच्चले उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दियो |

त्यसपछि उक्त मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन रहेको छ | सापकोटाले आफू विरूद्धको मुद्दालाई द्वन्द्वकालीन मुद्दाको रूपमा हेर्नुपर्ने बताउंदै आएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने