१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभामुख बिरुद्धको मुद्दा सर्वोच्चले हेर्न भ्याएन

३ पुष २०७७, शुक्रबार ०८:५६

पुस ३, काठमाडौँ | सभामुख अग्नि सापकोटा बिरुद्धको मुद्दा सर्वोच्च अदालतले हेर्न नभ्याइने बताएको छ | शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरासहित संवैधानिक इजलासका पाँच वरिष्ठ न्यायाधीशको इजलासमा पेसी तोकेको थियो |

तर अदालतले उक्त मुद्दाको सुनुवाइमा हेर्न नभ्याइने बताएको छ | यसअघि २०७६ फागुन ३० गते पेशी चढे पनि हेर्न नभ्याएपछि शुक्रबारका लागि पेसी सरेको थियो | उनीमाथि काभ्रेका अर्जुन लामाको हत्या आरोप छ |

२०६२ वैशाख ६ मा श्रीकृष्ण मावी, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए । उनलाई खाल्डो खन्न लगाएर ज्यूँदै पुरेको भन्दै उनीकी पत्नी पूर्णिमायाले २०६४ सालमा सापकोटा बिरुद्ध जाहेरी दिएकी थिइन् |

उनको जाहेरी प्रहरीले नलिएपछि पूर्णिमायाले सर्वोच्चमा रिट हालिन | सर्वोच्चको आदेशपछि २०६९ सालमा सापकोटाविरूद्ध मुद्दा दायर भयो | मुद्दा दायर भएका बेला सापकोटा सूचना तथा सञ्चार मन्त्री नियुक्त भएका थिए। सापकोटाविरूद्ध पत्रकार कनकमणि दीक्षितले समेत मुद्दा दायर गरे | 

दीक्षितले सापकोटा फरार अपराधी भएकाले पक्राउ गर्न माग गर्दै अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए | बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राख्ने निर्णय गर्यो | त्यसबिरुद्ध पूर्णिमायाले सर्वोच्चमा मुद्दा हालिन | त्यसपछि सर्वोच्चले उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दियो |

त्यसपछि उक्त मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन रहेको छ | सापकोटाले आफू विरूद्धको मुद्दालाई द्वन्द्वकालीन मुद्दाको रूपमा हेर्नुपर्ने बताउंदै आएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ