१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुस १७ गते राप्रपाले काठमाडौँमा शक्ति प्रदर्शन गर्ने

४ पुष २०७७, शनिबार ११:१७

पुस ४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस १७ गते  उपत्यकामा प्रदर्शन गर्ने भएको छ । मुलुकमा अनियमितता,अराजकता, भ्रष्टाचार तथा सर्वसत्तावाद बढ्दै गएको भन्दै त्यसलाई परास्त गर्न आन्दोलन गर्न लागिएको हो ।

हिन्दुराष्ट्र, राजसंस्था सहितको लोकतन्त्र र संघियताको विकल्पमा सुदृढ स्थानीय स्वायत्त शासन प्रणालीको स्थापना गर्न आन्दोलन अपरिहार्य रहेको राप्रपाको निस्कर्ष छ । शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले पार्टीले लिएका एजेण्डा हिन्दुराष्ट्र र राजसंस्था सहितको लोकतन्त्र पुनःस्थापना गर्न र सबै सहज रुपमा अटाउने नेपालको निर्माण गर्न आन्दोलनको विकल्प नरहेको बताए।

राप्रपाले अंगिकार गरेका एजेण्डाहरुलाई सुन्न समेत नचाहने तप्कामा समेत पार्टीका एजेण्डाहरुको विषयमा बहस सुरु हुनु सुखद रहेको बताउंदै देशभर आन्दोलनको लागि तयार रहन सबै नेता कार्यकर्ताहरुलाई उनले आग्रह गरे।

अध्यक्ष पशुपति शंसेर जबराले राप्रपाले अंगिकार गरेको नीति र सिद्धान्तप्रति जनचासो द्रुत गतिमा बढिरहेकोले आन्दोलनको आँधीबेहेरीमार्फत राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना पश्चात मात्र देश संकटमुक्त भएर विकासतर्फ अग्रसर हुने बताए ।

त्यस्तै अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना नगरी पार्टीले विश्राम नलिने उद्घोष गर्दै संगठन विस्तारसँगै आन्दोलनमा होमिन सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे। 

आन्दोलन परिचालनको लागि पार्टीका वरिष्ठ नेता बुद्धिमान तामाङको संयोजकत्वमा समिति समेत गठन गरेर राप्रपा सडक संघर्षमा उत्रिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ