पुस ५, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनका लागि सिफारिस लिएर राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् | यसअघि आइतबार बिहान ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए |
मन्त्रिपरिषद्को उक्त बैठकले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो | प्रधानमन्त्री ओलीलाई भेट्न आइतबार नै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका थिए |
यसबिषयमा प्रतिपक्ष दलका नेताहरुले सरकारको उक्त कदम गैरसंवैधानिक कदम भएको भन्दै सशक्त प्रतिवाद गर्ने बताएका छन् |