नौकुण्ड गाउँपालिका– १ अन्तर्गत सिङ्वन्दीदेखि लाङ्बु, घोर्मु, सरसिउ हुँदै कालिका गाउँपालिकाको घुम्तीबजार पासाङल्हामु राजमार्गसम्म&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नौकुण्ड गाउँपालिका– १ अन्तर्गत सिङ्वन्दीदेखि लाङ्बु, घोर्मु, सरसिउ हुँदै कालिका गाउँपालिकाको घुम्तीबजार पासाङल्हामु राजमार्गसम्म&"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक सञ्जालले जोडिँदै गाउँ, भारी बोक्ने अवस्था अन्त्य

५ पुष २०७७, आईतवार ०९:३१

पुस ५, रसुवा । लाङ्वुलगायतका गाउँ क्षेत्रमा  नयाँ निर्माण भएको मोटरबाटोले भारी बोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । नौकुण्ड गाउँपालिका– १ अन्तर्गत सिङ्वन्दीदेखि लाङ्बु, घोर्मु, सरसिउ हुँदै कालिका गाउँपालिकाको घुम्तीबजार पासाङल्हामु राजमार्गसम्म  सडक सञ्जाल जोडिएपछि भारी बोक्नुपर्ने अवस्था अन्त्य भएको हो । यससँगै सवारी साधनद्वारा ढुवानी गर्ने कार्य शुरू भएको छ ।

विगत तीन वर्षको अन्तरालमा नौकुण्ड अन्तर्गत वडा नं १ को बस्तीबस्तीमा करिब ८० किमी सडकको ट्याक खोल्ने काम भइसकेको जनाइएको छ ।  यार्सामा उत्पादित वर्षे आलु बिक्रीका लागि बाहिर लाने आलुबाट प्राप्त आयले दैनिक उपभोग खरिद गरी घरसम्म पु¥याउ र गाउँमा हुने सबैखाले बिरामी छिटोभन्दा छिटो अस्पताल लान मोटर बाटोले सहज बनाएको छ ।

छ सयभन्दा बढी घरधुरी रहेको नौकुण्ड गाउँपालिका– १ मा स्थानीय तहको निर्वाचनपश्चात् भौगोलिक विकटताकै कारण सडक निर्माणको विकासलाई नै पहिलो प्राथमिकता दिइएको थियो । वडाध्यक्ष कान्छा तामाङले सडक निर्माणको साथसाथै आयआर्जनका लागि परम्परादेखि गर्दै आएका घरेलु सीपबाट गरिने कामलाई समेत प्राथमिकता दिँदै आएको जानकारी दिनुभयो ।

नयाँ खोलिएको मोटरबाटोले वडा १ मा पर्ने  सिङबन्दी, संयूल, थाङ्दोर, लाङ्वुु र आरूखर्कसम्मका बासिन्दालाई यातायातको सुविधा पु¥याएको छ । सडकलाई दरिलो पार्न नाली टेवा पर्खाल एवं कालोपत्र गर्ने कार्य योजनासमेत अगाडि सारिएको उहाँले बताउनुभयो ।

स्थिानीयवासी छेसाङदावा तामाङलले वकासको पहुँच नपुगेको उक्त क्षेत्रमा स्थानीय सरकारले सडक निर्माण, खानेपानी व्यवस्थापन, प्राथमिक उपचारका लागि स्वास्थ्य चौकी, विद्यालयको पठनपाठनमा गुणस्तर सुधार जस्ता कार्यले गरीबी क्षेत्रकोे मुहार फेरिँदै गएको बताउनुभयो । प्रमुख पेशा कृषि र पशुपालनमा आधारित रहेको उक्त वडामा प्रत्येक घरले पाँचदेखि १० वटासम्म गाई, भैँसी, बाख्रा, जस्ता चौपाय पालेको र खेतीयोग्य जमीनका सतहमा बढीमात्रा ढुङ्गे चट्टानले गर्दा कृषिजन्य वस्तु उत्पादनमा न्यून भएपछि अधिकांश मानिसले अन्यत्रबाट खाद्य सामग्री ल्याउनुपर्ने बाध्यता रहेको बताइएको छ ।

यसअघिको चिठ्ठीपत्र लेख्नु पर्दा जान्ने मानिस खोज्दै हिँड्नुपर्ने उक्त क्षेत्रमा विसं २०३३ यता खुलेको विद्यालयले सावाँ अक्षर मात्र सिकाउन सफल भए पनि शिक्षाको गुणस्तर सुधार तथा पढ्नुपर्छ भन्ने जागरण बढेको छ ।  अहिले विद्यालयका प्रधानाध्यापकसमेत स्थानीयस्तरमै उत्पादन भइसकेको छ ।

वडा नं १ मा माध्यामिक शिक्षा परीक्षा उत्तीर्ण गर्नेको सङ्ख्या सयाँैको हाराहरीमा पुग्न थालेको र केहीले उच्च शिक्षासमेत अध्यायन गरिरहेको वडाध्यक्ष तमाङले जानकारी दिनुभएको छ ।बीस भन्दाबढी स्थानीयले  रोजगारीमा रहेका र उनीहरू वडा सचिव, शिक्षक जस्ता पदमा सेवा गरिरहेको वडा कार्यालयले जनाएको छ ।

यस्तै नौकुण्डको अन्य वडामा पर्ने यार्सा, युब्रा, गाङभर, लारच्याङ, पारच्याङ, दारघारी, पाटीखर्क, सरमथली, दनुस्वाँरा, भोर्ले चित्तीलगायतका गाउँको टोलटोलमा सडक सञ्जाल जोडिसकेको छ । नयाँ खोलिएका सबै मोटरबाटो दिगोपन बनाउन ठाउँ ठाउँका खोला खोल्चाखाल्चीमा पुलपुलेसा, नाली, टेवा पर्खाल र कालोपत्र गराउने कामलाई प्राथमिकता दिइएको गाउँपालिकाले  जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु