पुस ५, काठमाडौं | सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस गरेको छ |
गत मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख आयुक्तमा राई र आयुक्तमा जयबहादुर चन्दलाइ सिफारिस गरेको हो |
सरकारले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गरेसंगै ३० गतेको बैठकले सिफारिसको निर्णय गरेको हो | उनले एक वर्षअघि सचिवबाट अवकाश पाएका थिए |