१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

संसद विघटनको प्रभाव शेयरबजारमा : ९७ अंकले घट्यो नेप्से

५ पुष २०७७, आईतवार १०:२२

पुस ५, काठमाडौँ । आइतबार शेयर बजारमा संसद बिघटनको प्र्भाप परेको छ । साताको पहिलो दिन बजारको परिसूचक नेप्से करिब ९७ अंकले घटेर १९३५.६३ विन्दुमा झरेको  हो । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स १६.३९ अंक, फ्लोट इण्डेक्स ५.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३३ अंक घटेको छ ।

राजनैतिक अस्थिरता आउने डरले लगानीकर्ताहरुको मनोबल खस्किदा बजार नेगेटिभ प्रभाव देखिएको जानकारहरुको भनाइ छ । नेप्से ओरालो लागेपनि आज कारोबार रकम भने बढेको छ। १९८ कम्पनीको ७९ हजार ९८७ पटकको कारोबारमा ९ अर्ब ४ करोड ७९ लाख २७ हजार रुपैयाँको १ करोड ४५ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। 

आइतबार ५ कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भए पनि आज युनाइटेड इदी मार्दीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। उक्त कम्पनीको शेयरमूल्य यस दिन २९ रुपैयाँ बढेर ३२५ रुपैयाँमा अन्तिम कारोबार भएको हो। त्यसैगरी, यस दिन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य ७.८१ प्रतिशत बढेको छ।

अपर तामाकोशी, सूर्योदय लघुवित्त, नेरुडे लघुवित्त, स्वाबलम्बन लघुवित्त र चिलिमे हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक १ अर्ब ७ करोड १९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। 

त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको ७९ करोड ३६ लाख रुपैयाँ र एनआईसी एशिया बैंकको ४७ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु