साउन १९, भोजपुर । सन् २०१५ को अन्त्यसम्म खुल्ला दिसामुक्त बनाइने भनिएको भोजपुर जिल्ला एक वडाका कारण समग्र जिल्ला खुल्ला दिसामुक्त बन्न सकिरहेको छैन । 

भोजपुरका ५४ वटै गाविस र षडानन्द नगरपालिका खुल्ला दिसामुक्त बनेको दुई महिना बितिसक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १९, भोजपुर । सन् २०१५ को अन्त्यसम्म खुल्ला दिसामुक्त बनाइने भनिएको भोजपुर जिल्ला एक वडाका कारण समग्र जिल्ला खुल्ला दिसामुक्त बन्न सकिरहेको छैन । 

भोजपुरका ५४ वटै गाविस र षडानन्द नगरपालिका खुल्ला दिसामुक्त बनेको दुई महिना बितिसक"/>

2026-09-18 10:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

एक वडाका कारण खुल्ला दिसामुक्त बन्न सकेन भोजपुर

साउन १९, भोजपुर । सन् २०१५ को अन्त्यसम्म खुल्ला दिसामुक्त बनाइने भनिएको भोजपुर जिल्ला एक वडाका कारण समग्र जिल्ला खुल्ला दिसामुक्त बन्न सकिरहेको छैन । 

भोजपुरका ५४ वटै गाविस र षडानन्द नगरपालिका खुल्ला दिसामुक्त बनेको दुई महिना बितिसके पनि भोजपुर नगरपालिकाको मुख्य बजार वडा नं ७ खुल्ला दिसामुक्त बन्न नसक्दा भोजपुर खुल्ला दिसामुक्त बन्न नसकेको हो । 

भोजपुर नगरपालिकाअन्तर्गत सदरमुकामको मुख्य बजार पर्ने वडा नं ७ लाई पटक–पटक खुल्ला दिसामुक्त बनाउने प्रयास गरिएपनि अझै सम्भव भने भएको छैन । नगरपालिकाले वडा नंं ७ लाई तीनपटकभन्दा बढी खुल्ला दिसामुक्त घोषणाका लागि समय तोक्दै, सार्दै गरेको छ । पछिल्लो समय नगरपालिकाले भदौ १५ गतेभित्र खुल्ला दिसामुक्त बनाउने नयाँ मिति तय गरेको छ तर सो मितिमा पनि खुल्ला दिसामुक्त बन्न सक्ने अवस्था देखिएको छैन । 

करिब एक हजारभन्दा बढी घरधुरीको बसोबास रहेको वडा नं ७ मा अझै २१० घरभन्दा बढीले चर्पी बनाउन बाँकी नै रहेको भोजपुर नगरपालिकाका कार्यकारी अधिकृत तुलराज थापा मगरले जानकारी दिनुभयो । 

भोजपुर नगरपालिकाका अन्य वडा भने जेठभित्रै खुल्ला दिसामुक्त बनिसकेका छन् । वडा नंं ७ मा पर्ने अधिकांश घरमा चर्पी भएपनि खोल्सा तथा खोलामा मिसाइएका कारण खुल्ला दिसामुक्त बनाइन नसकिएको हो । 

वडा नं ७ मा रहेका घरबाट निकास गरिएको चर्पीको ढल जनसेवा निमावि आसपासको खोल्सा तथा बरबोट बजार आसपासको खोल्सामा मिसाइएको छ । मुख्य बजारको ढल खोला तथा खोल्सामा मिसाइएपछि सदरमुकाम आसपासमा निकै दुर्गन्ध फैलिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई