१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीको कदमले पार्टी एकतालाई कुनै असर पर्दैन : प्रचण्ड

६ पुष २०७७, सोमबार ०६:४३

पुस ६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले चालेको कदमले पार्टी एकतामा कुनै असर नगर्ने बताएका छन् । सोमबार एक वक्तव्य जारी गर्दै प्रचण्डले आफ्नो पार्टी एकतावद्ध रहेको बताएका हुन् ।

उनले कुनै एक व्यक्तिको पार्टी,राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले आफ्नो पार्टीको एकतालाई कुनै तात्विक असर नपर्ने बताए । उनले भने,"म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने, हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन ।" 

यसअघि ओलीले आइतबार संसद विघटन गरी बैशाख १७ र २७ का लागि आम निर्वाचनको घोषणा गरेका थिए। उनले के.पी. शर्मा ओलीले चालेको प्रतिनिधि सभा विघटनको कदम असंवैधानि,अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी भएको बताएका छन् ।

आइतबार नै बालुवाटरमा बसेको नेकपा स्थायी कमिटि बैठकले प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई नुशासनको कारबाहीका निम्ति स्पष्टिकरण माग्ने निर्णय गरेको थियो । राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन उनले जारी गरेको वक्तव्यमा उल्लेख छ।

कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ