पुस ७, काठमाडौँ | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय गरेको छ | मंगलबार बबरमहल स्थित कार्की ब्यान्क्केटमा बसेको माधव-प्रचण्ड पक्षको स्थायी कमिटी बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो |
प्रचण्ड-माधव पक्षको स्थायी कमिटीले ओलीलाई हटाएर अध्यक्ष माधव नेपाल बनाउने निर्णय गरेको छ | अहिले जारी केन्द्रिय कमिटि बैठकले उक्त निर्णय पास गर्ने छ | यसअघि नेकपाको विधान अनुसार दुई अध्यक्ष हुने व्यवस्था थियो |
यता प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफू निकट नेताहरुलाई राखेर ११ सय ९९ सदस्सीय केन्द्रिय कमिटीको बिस्तार गरेका छन् | ओलीले प्रचण्ड-माधव पक्ष कसैलाई कारबाही नगरेपनि नारायणकांजी श्रेष्ठलाई पार्टी प्रवक्ताबाट हटाएर प्रदिप ज्ञवालीलाई जिम्मेवारी दिएका छन |
नेकपामा अहिले ४ सय ४६ जनाको केन्द्रीय कमिटी छ ओलीलेआजै ५ सय ५६ जना नयाँ सदस्य थप्ने र १ सय ९७ जना पछि थप्ने गरी केन्द्रिय कमिटि बनाएका हुन् | यस्तै मंगलबार बसेको ओली समूहको केन्द्रिय कमिटि बैठकले महाधिवेशनको मिति समेत घोषणा गरेको छ |
बैठकले २०७८ मंसिर २ मा महाधिवेशन गर्ने निर्णय गरेको हो | पछिल्लो समय नेकपा दुई टुक्रामा विभाजन भएको छ | आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले संसद विघटन गरेपछि औपचारिक रुपमै दुई पक्षमा विभाजन भएको हो |
प्रचण्ड-नेपाल समूहले असंवैधानिक र अलोकतान्त्रिक संसद विघटन भन्दै बिरोध गर्दै गरिरहेका छन् | ओली समूह भने मध्यावधिक निर्वाचनमा जुटेको छ | ओलीले यसअघि नै संसद विघटन गरेर आगामी बैशाख १७ र २७ गते निर्वाचनको घोषणा समेत गरिसकेका छन् |