पुस ८, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारले गरेको संसद विघटन बिरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो। कुन दिन प्रदर्शन गर्ने भन्ने तय भने गरिएको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन गरेपछि कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भन्दै बिरोध गर्दै आएको छ । केन्द्रीय समिति बैठक बिहीबार १ बजे पुन: बस्ने गरी आजलाई स्थगित भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले आइतबार प्रतिनिधि सभा विघटन गरी आगामी बैशाख १७ र २७ गते मध्यावधिक आम निर्वाचन गर्ने घोषणा गरेकी थिइन् ।