१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी २१ जनाले गरे अस्वीकार ओली समूहको केन्द्रीय सदस्यको जिम्मेवारी

९ पुष २०७७, बिहीबार ०८:१०

पुस ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ओली समूहले विस्तार गरेको केन्द्रिय कमिटीको जिम्मेवारी दिएका केहि नेतारुले अस्वीकार गरेका छन् । ओलीले मंगलबार ११ सय ९९ सय सदस्यी केन्द्रिय समितिको सिस्तार गरेका थिए। 

यसअघि नेकपमा ४४६ जना केन्द्रिय कमिटीमा थिए । ओलीले विस्तार गरेको केन्द्रिय कमिटीमा २१ जना नेताहरुले बस्न अस्विकार गरेका छन् ।  नेकपा दुई भागमा विभाजन भएसंगै ओलीले आफू निकट नेताहरुलाई राखेर नयाँ केन्द्रिय समिति बनाएका थिए । 

प्रचण्ड-माधव नेपाल समुहले अध्यक्ष ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ भने,ओली पक्षले प्रवक्ता नारायणीकाजी श्रेष्ठलाई हटाएर प्रदिप ज्ञवालीलाई जिम्मेवारी दिएको छ । त्यस्तै प्रचण्ड पक्षले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने निर्णय गरेको छ। 

आइतबार प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर आगामी बैशाख १७ र २७ मा मध्यावधिक आम निर्वाचनको घोषणा गरेकी थिइन्। संसद विघटन पछि दुई भागमा विभाजन भएको नेकपा लगभग फुटको चरणमा पुगिसकेको छ। 

ओली पक्षले आफूलाइ आधिकारिक नेकपा दाबि गर्दै आएको छ भने,प्रचण्ड-नेपाल समूहले आफूहरु आधिकारिक नेकपा बताउंदै आएका छन् ।

हेर्नुहोस यी हुन् ओली समूहको केन्द्रिय सदस्य अस्वीकार गर्ने नेताहरु :

१) डम्बरध्वज तुम्बाहाम्फे, ताप्लेजुङ

२) गोपाल बुढाथोकी, झापा

३) जसमाया गजमेर–प्रदेश १,सामाजिक विकास राज्यमन्त्री 

४) सुन्दर विक – नेकपा बारा जिल्ला सचिव

५) कमलेश झा– नेकपा प्रदेश २ सदस्य

६) भगवती भण्डारी – लुम्बिनी प्रदेश सदस्य 

७) बृहस्पति अधिकारी – नवलपरासी

८) जागेश्वरीदेवी चौधरी – तिलोत्तमा नगरपालिका उपप्रमुख

९) अमरबहादुर डाँगी – प्रदेशसभा सदस्य 

१०) टीकाराम खडका – दाङ, अध्यक्ष

११) नेत्र पन्थी – रुपन्देही 

१२) नन्दकिशोर ढकाल – रुपन्देही

१३) देवी बस्याल – पाल्पा 

१४) अशोक शाही

१५) कमल श्रेष्ठ – पाल्पा 

१६) यज्ञ वोगटि – अछाम 

१७) कल्याणी चौधरी – बारा, प्रदेश सदस्य

१८) भैरे कामी -  अछाम

१९) राम दंगाल – सचिव जिल्ला कमिटि खोटांग 

२०) गगन विष्ट – गुल्मी 

२१) उषाकला राई – प्रदेश सभा १ सदस्य

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ