पुस ९, काठमाडौं । पूर्वमाओवादी केन्द्र पक्षबाट गृहमन्त्री बनेका रामबहादुर थापा बादल ओली पक्षमा लागेका छन्। ओलि पक्षले बिहिबार बालुवाटरमा बोलाइएको केन्द्रीय समिति बैठकमा बादल पनि सहभागी भएका हुन् ।
उनी यसअघि कुनै समूहको बैठकमा गएका थिएनन् । उनलाई प्रचण्ड-नेपालले पनि आफ्नो पक्षमा ल्याउन प्रयास गरिरहेका थिए । तर अन्ततः बादलले ओली पक्षलाई नै साथ् दिएका छन् । पूर्वमाओवादी समूहका लेखराज भट्ट यसअघि नै ओली समूहमा लागिसकेका थिए ।
यता प्रचण्ड- माधव नेपाल समूहको बैठक पनि बिहिबार नै केन्द्रिय कमिटी बैठक बस्ने भएको छ । ओलीले संसद विघटन संगै विभाजित बनेको नेकपा अहिले कोहि ओली समूहमा छन् भने,कोहि प्रचण्ड-नेपाल पक्षमा छन् ।