२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ: प्रवक्ता ज्ञवाली

२०७७, ९ पुष बिहीबार १६:१२

पुस ९, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै नै हुने बताएका छन् । नेकपाको आज बालुवाटारमा भएको तेस्रो बैठकको निर्णयबारे जानकारी गराउँदै केन्द्रीय कमिटी बैठक सकिएपछि पहिलो काम मन्त्रिपरिषद् विस्तार हुने बताए । 

यही पुस ५ गते सरकारका सात जना मन्त्रीले राजीनामा दिएका थिए । प्रवक्ता ज्ञवालीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ प्रधानमन्त्री नभएको स्पष्ट पार्नुभएको छ । “प्रधानमन्त्री काम चलाउ होइन, ‘फुलफेज’ प्रधानमन्त्री नै हो”, उनले भने । 

उनले अब पार्टीको एकमात्र एजेण्डा सङ्गठन विस्तार र निर्वाचनको तयारी रहेकोसमेत बताए । बैठकले यसअघि पार्टीको कार्यकारी अधिकार पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएकामा त्यो फिर्ता लिएको छ । उनले अर्को पक्षले गर्ने आन्दोलनको कुनै अर्थ नभएको स्पष्ट पारे । “जनमत जुटाउन जान छोडेर आन्दोलनका नाममा जनतालाई थप पीडा दिनु भनेको जनताबाट पलायन हुनु हो”, उनले भने, “उहाँहरुलाई म आग्रह गर्न चाहन्छु त्यो आन्दोलनको निर्णय फिर्ता लिनुहोस् ।”

अहिलेका प्रधानमन्त्री ओलीले नेतृत्व गर्नुभएको नेकपाको ६४ प्रतिशत संसद्मा रहेकाले प्रधानमन्त्रीमाथि दलको विश्वास नटुटेको बताए । “अहिले नेकपा पार्टी विभाजन भएको छैन । संसदमा ६४ प्रतिशत सांसद् रहेको दल अहिले पनि रहेको छ । उनीहरुले प्रधानमन्त्रीलाई विश्वास गरेको अवस्था छ”, प्रवक्ता ज्ञवालीले भने । 

उनले विघटन भएको संसद्भित्र संसदीय दल नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलबाट हटाउने कुरै नआउने बताए । प्रवक्ता ज्ञवालीले अहिले प्रदेश सरकारबारे केही सोच नबनाएको समेत स्पष्ट पारे ।  

यस्तै स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले पार्टी नफुटोस् भन्ने पक्षमा आफू रहेको बताए । केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी फुटका लागि आधार तयार भइनसकेको भन्दै अहिले भइरहेका  कतिपय  काम दुर्भाग्यपूर्ण भएको बताए ।

उनले प्रधानमन्त्रीको ताजा जनादेशमा जाने कुरालाई सर्वोच्च अदालले समर्थन गर्छ भन्ने विश्वास प्रधानमन्त्रीमा रहेको स्पष्ट पारे । “सर्वोच्च अदालते के गर्छ पर्खौं, तर प्रधानमन्त्रीको ताजा जनादेशमा जाने जुन प्रयोग गर्नुभएको छ, त्यसलाई सर्वोच्च अदालतले समर्थन गर्छ भन्ने विश्वास उहाँको रहेको छ”, नेवाङले भने । 

 उनले ताजा जनादेशअनुसार आफू जनतामा जाँदा के भन्छौँ भन्नेमा तयार रहेकोसमेत स्पष्ट पारे । “एउटा ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउनका लागि हामीसँग धेरै सोच थिए । यसमा हामी अगाडि बढ्ने तयारीमा थियौँ । पाँच वर्षअगाबै संसद् विघटन गर्छौँ भन्नेस्थित नआओस् भन्नका लागि हामी सजग थियौँ”, उनले भने, “हामीले बहुमत हुँदाहुँदै पनि काम गर्न पाएनौँ, यही कुरा जनतामाँझ लिएर जान्छौँ ।” 

उनले पार्टी फुट्दा जनतालाई दुःख दिने काम कसले गर्यौं, हामीले गर्यौं कि अरुले गर्यौं त्यसको छिनोफानो र सजाय जनताले दिनेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने