२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइसिटी अवार्ड–२०२० को ग्राण्ड फिनाले शनिबार हुने

१० पुष २०७७, शुक्रबार ०९:५०

पुस १०, काठमाडौँ । पाँचौँ आइसिटी अवार्ड–२०२० को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिबार हुने भएको हो । सूचना प्रविधि क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई सम्मान गर्ने उद्देश्यका साथ यो अवार्ड हरेक वर्ष प्रदान गरिन्छ । 


अवार्ड कार्यक्रमका संयोजक राजन लम्सालले लिभिङ विथ आइसिटीको आयोजनामा हुने कार्यक्रममा सूचना प्रविधिका क्षेत्रमा योगदान पुर्याएका विभिन्न ११ विधामा सम्मान गरिने बताउनुभयो ।  

अवार्ड २०२० का विजेताले विशेष सम्मान, शिल्डसहित अन्य सहुलियतपूर्ण कर्जासमेत प्राप्त गर्ने छन् । स्टार्ट अप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र इन्नोभेशन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० का विजेताले सरकारको स्टार्ट अप कोषअन्तर्गत ५० लाखसम्म सहुलियतपूर्ण ऋण सुविधा पाउने अवार्डका संयोजक लम्सालले बताउनुभयो । 

यस्तै पुरस्कृतलाई राष्ट्रिय वाणिज्य बंैकले रु १० लाखसम्म विनाधितो सहुलियतपूर्ण ऋण सुविधा उपलब्ध गराउने बताइएको छ । इन्नोभेशन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्डका विजेताले एनसेलमार्फत विशेष आर्थिक पुरस्कार स्वरुप रु तीन लाख प्राप्त गर्नेछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य