पुस १२, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छिन् । आइतबार विज्ञप्ति जारी गर्दै पुस १७ गते शुक्रबार दिउँसो ४ बजे अधिवेशन आह्वान गरेकी हुन् ।
संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रिय सभाको अधिवेशन बोलाइएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारीगरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपतिले सरकारको सिफारिसमा प्रतिनिधिसभा भने गत पुस ५ गते नै विघटन गरेकी थिइन् ।