२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

प्रदेश १ को हिउँदे अधिवेशन साविक हलमै हुने

२०७७, १३ पुष सोमबार ०५:२९

पुस १३, विराटनगर । प्रदेश नं १ को हिउँदे तथा सातौँ अधिवेशन साविककै हलमा सञ्चालन हुने प्रदेशसभा सचिवालयले जनाएको छ । जिल्ला समन्वय समिति मोरङको सो सभा हल विगतमा जिल्ला विकास समितिले प्रयोग गर्ने हल थियो भने प्रदेशसभा गठन भइसकेपछि सो भवनमा प्रदेशसभा सचिवालय स्थापना भएको हो ।

विगतमा गाविस एवं नगरपालिकाका प्रमुखसहित जिल्ला परिषद् सञ्चालनका लागि बनाइएको सो हलमा प्रदेशसभाको सभा सञ्चालन गर्दा निकै समस्या बेहोरिरहेको सचिवालय नयाँ भवन निर्माणमा जुटेको छ । पहिलो प्रदेशसभाको बैठकदेखि छैटौँ प्रदेशसभाको बैठक सम्पन्न गरिएको सो हलमा सातौँअर्थात हिउँदे अधिवेशन नयाँ हलमा सञ्चालन गर्ने गरी नयाँ भवनको गएको असोज १ गते सभामुख प्रदीपकुमार भण्डारीले शिलान्यास गर्नुभएको थियो ।

अहिले सो हलको निर्माणको काम ७० प्रतिशत सम्पन्न भइसकेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । सातौँ अधिवेशन नयाँ भवनमा सञ्चालन गर्ने गरी तयार गर्न स्वामीनारायण निर्माण सेवा प्रालि धरानले रु दुई करोड ५१ लाख ८१ हजार ९७६ मा ठेक्कामा लिएको छ । निर्माण कम्पनीले आगामी फागुन मसान्तभित्रमा निर्माण कार्य सम्पन्न गर्ने सो भवन जिल्ला समन्वय समितिको परिसरभित्र निर्माण भइरहेको छ । हल करिब ३०० मानिस अट्ने क्षमता भएको सुविधा सम्पन्न हुने भनिएको छ ।

सभामुख भण्डारीले विगतमा अनेक बाधा अड्चनका बाबजुद पनि सञ्चालन भएको सभा अब नयाँ भवनमा सहज एवं सरल हुने बताउनुभएको थियो भने वर्तमान राजनीतिक घटनााक्रमले प्रदेशको राजनीतिमा आएको उतारचढावले गर्दा सातौँ तथा हिउँदे अधिवेशन माघ ७ गते हुने प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट आह्वान भइसकेकोले तत्काल साविककै हलमा सभा सञ्चालन हुने अवस्था देखिएको छ ।

सभामुखले नवनिर्माण हुने भवन समयमै निर्माण गर्न र गुणस्तरीयमा विशेष ध्यान दिएको बताउनुभयो । अन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले पहिलो निर्माण गर्न लागेको यो पहिलो संरचना हो भन्नुभयो । मन्त्री कार्कीले नीति निर्माण गर्ने सार्वभौम थलोका रूपमा रहेको प्रदेशसभाको हल निर्माण भएपछि सभा सञ्चालन गर्न सहज हुने बताउनुभयो । उहाँले भवनको गुणस्तरमा कुनै कमी हुन नदिन निर्माण कम्पनीलाई खबरदारी गर्दै आगामी दिनमा सभा सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले नयाँ भवनले प्रदेशसभाको सभा सञ्चालन गर्न निकै सुविधा हुने भन्दै भवन निर्धारित समयमै निर्माण हुनुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले यो भवनले प्रदेशसभामा सहभागी हुने सांसदलाई सहज हुने भन्दै भवनको गुणस्तरमा सबै ध्यान दिनुपर्ने बताउनुभयो ।

जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले ढिलो भए पनि बन्न लागेको यो भवनले संसद्मा छलफल एवं नीति निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । जिल्ला समन्वय समिति मोरङका संयोजक नरेशप्रसाद पोखरेलले जिल्ला समन्वय समितिको एक बिघा तीन कठ्ठा क्षेत्रफलभित्र बन्न लागेको सो भवनले संसद् सञ्चालन गर्न सुविधा हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले साविक जिल्ला विकास समितिको सभा हलमा प्रदेशसभा सञ्चालन गर्न निकै कठिनाइ भइरहेको अवस्थामा नयाँ भवन सहज हुने विश्वास व्यक्त गर्दै निर्माण कम्पनीले भवनलाई निर्धारित समयमै सम्पन्न गर्न निरन्तर अनुगमन एवं उच्चतम प्रयास गरिरहेको प्रतिक्रिया दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने