३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरसको नयाँ प्रकार भारतमा पनि फैलियो,६ जनामा पुष्टि

१४ पुष २०७७, मंगलवार ०७:३९

पुस १४, काठमाडौँ । कोरोनाभाइरसको नयाँ प्रकार भारतमा पनि पुगेको छ । बेलायतमा केहि दिन अघि पत्ता लागेको नयाँ प्रकारको कोरोनाभाइरस ६ जना भारतीय नागरिकमा संक्रमण पुष्टि भएको हो । बीबीसीका अनुसार,ति सबै जना बेलायतबाट फर्किएका हुन् ।

उनीहरुलाई क्वारेन्टाइनमा राखिएको र उनीहरुको सम्पर्कमा आएकाहरुको कोरोना परिक्षण गरिने भारत सरकारले जनाएको छ । यसअघि भारतले गत साता देखि बेलायतबाट भारत प्रवेशमा रोक लगाएको थियो ।

विज्ञहरुका अनुसार नयाँ प्रकारको कोरोनाभाइरस पुरानोभन्दा धेरै सङ्क्रामक रहेको ठानिए पनि थप घातक भने छैन ।

गत एक महिनामा बेलायतबाट ३३,००० मानिस भारत आएको आँकडा छ। तीमध्ये ११४ जना पोजिटिभ पाइएको र तिनको नमुनाको थप परीक्षण भइरहेको बताइएको छ। क्यानडा जापान, स्पेन, स्वीडेन तथा फ्रान्समा पनि नयाँ प्रकारको कोरोनाभाइरस भेटिएको छ।

भारतमा हाल सम्म एक करोडभन्दा धेरै मानिसमा कोरोना संक्रमण देखिएको छ । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित हुने देशमा अमेरिकामा पहिलो र भारत दोश्रो नम्बरमा रहेकाछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट