२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरसको नयाँ प्रकार भारतमा पनि फैलियो,६ जनामा पुष्टि

२०७७, १४ पुष मंगलवार ०७:३९

पुस १४, काठमाडौँ । कोरोनाभाइरसको नयाँ प्रकार भारतमा पनि पुगेको छ । बेलायतमा केहि दिन अघि पत्ता लागेको नयाँ प्रकारको कोरोनाभाइरस ६ जना भारतीय नागरिकमा संक्रमण पुष्टि भएको हो । बीबीसीका अनुसार,ति सबै जना बेलायतबाट फर्किएका हुन् ।

उनीहरुलाई क्वारेन्टाइनमा राखिएको र उनीहरुको सम्पर्कमा आएकाहरुको कोरोना परिक्षण गरिने भारत सरकारले जनाएको छ । यसअघि भारतले गत साता देखि बेलायतबाट भारत प्रवेशमा रोक लगाएको थियो ।

विज्ञहरुका अनुसार नयाँ प्रकारको कोरोनाभाइरस पुरानोभन्दा धेरै सङ्क्रामक रहेको ठानिए पनि थप घातक भने छैन ।

गत एक महिनामा बेलायतबाट ३३,००० मानिस भारत आएको आँकडा छ। तीमध्ये ११४ जना पोजिटिभ पाइएको र तिनको नमुनाको थप परीक्षण भइरहेको बताइएको छ। क्यानडा जापान, स्पेन, स्वीडेन तथा फ्रान्समा पनि नयाँ प्रकारको कोरोनाभाइरस भेटिएको छ।

भारतमा हाल सम्म एक करोडभन्दा धेरै मानिसमा कोरोना संक्रमण देखिएको छ । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित हुने देशमा अमेरिकामा पहिलो र भारत दोश्रो नम्बरमा रहेकाछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर