पुस १५, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ | नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले मुख्यमन्त्री पौडेललाई हटाउँदै अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको हो |
यसअघि प्रचण्ड-नेपाल समूहले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा ओली र प्रचण्ड-माधव दुई समुहमा विभाजन भएको छ |
बागमती प्रदेशमा ओली समूह अल्पमतमा परेको छ |