पुस १७, काठमाडौं । चन्द्रागिरि हिल्सले पुस २४ दखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्काशन गर्ने भएको हो ।
६१ हजार ३६४ कित्ता कर्मचारी र सामूहिक कोषका लागि ७६ हजार ७०५ कित्ता बाँडफाँट गरिनेछ । बाँकी १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणले पाउने छन् । कम्पनीका अनुसार प्रतिकित्ता एक सय रुपैयाँको दरले आइपीओ पुस २४ बाट २८ गतेसमम्म सेयरमा आवेदन दिन सकिने छ ।
सो अवधिमा माग बमोजिम आवेदन नपरेमा माघ १० गतेसम्म आवेदन खुला गरिएने बताइएको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन पाइने छ । उक्त सेयरमा धितोपत्र बोर्डबाट सि–आश्वा सदस्यप्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिने सकिने छ भने मेरो सेयर एप्लिकेशनबाट आवेदन दिन सकिने छ ।