२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानले लागु गर्यो स्वास्थ्य सम्बन्धि नयाँ मापदण्ड,प्रवेश गर्न यी कुराहरु पालना गर्नुपर्ने

२०७७, १७ पुष शुक्रबार ०७:२०

पुस १७, काठमाडौँ | कोरोनाभाइरसको संक्रमण रोकथामका लागि ओमान सरकारले स्वास्थ्य सम्बन्धि नयाँ मापदण्ड लागु गरेको छ | त्यहाँको नागरिक उड्ययन प्राधिकरणले ओमान प्रवेश गर्नेहरुले अनिवार्य रुपमा कोरोना नेगेटिभ देखाएको ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट पेश गर्नुपर्ने बताएको हो |

 पीसीआर रिपोर्ट अंग्रेजी भाषामा हुनु पर्ने ओमान स्थित नेपाली दूतावासले जनाएको छ | अब निशुल्क उपचार भएका व्यक्तिबाहेक अरु सबै यात्रुले कोरोनाको उपचार समेत समेटिएको अन्तर्राष्ट्रिय स्वास्थ्य बिमा पनि अनिवार्य साथमा हुनुपर्ने छ |

यात्रा गर्नुपूर्व https://covid19.emushrif.om/traveler/travel ​ मा पीसीआर परीक्षणका लागि उपलब्ध पूर्वदर्ता फारम भर्नुपर्नेछ । पीसीआर परीक्षणको शुल्क २५ ओमानी रियाल रहेको दूतावासले जनाएको छ |

यस्तै ओमान प्रवेश गर्ने नेपालीले अब आफ्नो मोबाइलमा Tarassud+ एप डाउनलोड गरेको हुनुपर्नेछ | तर १५ वर्ष मुनिका बालबालिकाहरुलाई भने पीसीआर परीक्षण र एप अनिवार्य गरिएको छैन | दूतावासका अनुसार ओमान पुगेपछि सबैले सातदिनसम्म क्वरेण्टीनमा बस्नुपर्ने छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित