९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालमा पर्यटकको आगमन ८० प्रतिशत घट्यो,कुन-देशबाट कति ?

१९ पुष २०७७, आईतवार १०:२२

पुस १९, काठमाडौँ | सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाईमार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट एक लाख ८३ हजार १३० तथा स्थलमार्ग हुँदै ४६ हजार ९५५ जना पर्यटक नेपाल आएका हुन् ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण अघिल्लो वर्षको तुलनामा ८० दशमलव ८ प्रतिशत पर्यटक आगमन घटेको छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०१८ मा ११ लाख ७२ हजार ७२ पर्यटक नेपाल आएका थिए ।

कोभिडका कारण करीब छ महिना नियमित अन्तरराष्ट्रिय उडान प्रतिबन्ध भएकाले विदेशी पर्यटक घटेका हुन् । बन्दाबन्दीपछि गत भदौ १६ देखि अन्तरराष्ट्रिय र असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा आएको थियो । बोर्डका अनुसार सबैभन्दा बढी भारतबाट सबैभन्दा बढी भारतबाट २५ हजार ३२० पर्यटक नेपाल आएका छन् । चीनबाट नौ हजार ८०८ जना, अमेरिकाबाट नौ हजार ६८२ जना, थाइल्यान्डबाट नौ हजार ५१८ जना र म्यान्माबाट नौ हजार ४०० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

महामारीका कारण पर्यटक आगमन घटेको बोर्डका निर्देशक मणि लामिछानेले बताउनुभयो । नेपाल घुम्न बढी पर्यटक मुख्य मुलुकबाट प्रतिशतका आधारमा भारतबाट सबैभन्दा बढी १७ दशमलव पाँच प्रतिशत पर्यटक आगमन छ । 

म्यान्माबाट नौ दशमलव एक, थाइल्याण्डबाट नौ, चीनबाट आड दशमलव चार, अमेरिकाबाट सात दशमलव सात र श्रीलङ्काबाट पाँच दशमलव आठ प्रतिशत पर्यटक आगमन रहेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । 

कोरोना महामारीले भ्रमण वर्ष नै स्थगित गर्नुपर्ने बाध्यता प¥यो । नेपालका प्रमुख १० पर्यटक स्रोत मुलुकमा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, थाइल्याण्ड, अमेरिका, बेलायत, जापान र जर्मनी रहेका छन् । गत वर्ष १० को यो सूचीमा अष्ट्रेलिया, दक्षिण कोरिया र फ्रान्स थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने सत्तारुढ दलको बैठक आज बस्दै विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन युरोपा लिगमा रिगास एफएसविरुद्ध इन्टरिज फ्राङ्कफटको जीत लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन यस्तो रहनेछ आजको मौसम ? हल्का वर्षाको सम्भावना एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान