कमल पौडेल | साउन १९, बागलुङ (खर्वाङ) | स्थानिय तह पुनसंरचनाका लागि आज खर्वाङमा आयोजीत सुझाव संकलन कार्यशाला गोष्ठी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल पौडेल | साउन १९, बागलुङ (खर्वाङ) | स्थानिय तह पुनसंरचनाका लागि आज खर्वाङमा आयोजीत सुझाव संकलन कार्यशाला गोष्ठी"/>
२८ मंसिर २०८२, शनिबार
अर्थ/विकास

खर्वाङ गाउँपालिकाको केन्द्र झण्डै पक्का, प्रस्तावित गाउँ पालिकाको नाम भने जुरेन

१९ श्रावण २०७३, बुधबार १५:१५

कमल पौडेल | साउन १९, बागलुङ (खर्वाङ) | स्थानिय तह पुनसंरचनाका लागि आज खर्वाङमा आयोजीत सुझाव संकलन कार्यशाला गोष्ठी मा प्रस्तावित आठ गाविस उपयुक्त भएकोमा सवै गाविस एकमत देखिएका छन् । भने केन्द्र खर्वाङ बनाउने कुरामा पनि अघिकांश गाविस सहमत भएका छन् । 

कार्यक्रममा बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरिले प्रस्तुत गरेको अवधारणामा आठ ओटै गाविसका प्रतिनिधिहरुले गाविसको धारणा राखेका थिए । जस अनुसार पाण्वखानी, रिघा, शिसाखानी, दगातुन्डाडा र रणसिंह किटेनीले खर्वाङलाई केन्द्र वनाउनेमा सहमति जनाए भने ग्वालीचौर र भिमगिठेले ग्वालीचौर तथा जलजलाले जलजलामै केन्द्र गराउनु पर्ने तर्क पेश गरे । 

भिमगिठेवाट कृष्ण भट्टराईले ग्वालीचौरलाई केन्द्र मानी खर्वाङ र भिमगिठेमा सेवा कार्यालयलाई विकेन्द्रीत गर्नुपर्ने वताउनु भएको थियो भने ग्वालीचौरका मेयरसिंह पाइजाले फराकिलो भुगोल क्षेत्र भएकोले ग्वालीचौर गाउँपालिकाको केन्द्र हुनुपर्ने तर्क प्रस्तुत गर्नुभएको थियो । त्यस्तै जलजलाका थम्मन वहादुर रेश्मीले संघियताले सुघमलाई मात्रै नहेर्ने भन्दै जलजलालाई केन्द्र प्रस्ताव गर्नुभएको थियो । 

त्यस्तै रणसिंह किटेनीका मेख वहादुर पाइजाले राज्यले एक अवधारणा ल्याई सकेको अवस्थामा त्यसैलाई मान्नु उपयुक्त हुने भन्दै ८ गाविस हुँदा खर्वाङ केन्द्र उपयुक्त हुने धारणा राख्नु भएको थियो । त्यस्तै शिसाखानीका डिल वहादुर पुन र रिघाका कर्म प्रसाद गौतमले खर्वाङ भन्दा वाहिरको विकल्प सोच्नै नसकिने भन्दै खर्वाङ नै उपयुक्त रहेको वताउनु भएको थियो । दगातुन्डाडाका रत्न वहादुर क्षेत्रिले भौगोलीक अवस्थितिले नै खर्वाङ रोजेको भन्दै खर्वाङले सवैलाई स्वागत गर्ने वताउनु भएको थियो । 

पाण्डवखानीका तिलक रानाले हाललाई आफूहरुलाई हटिया पायक पर्ने तर इलाका भन्दा वाहिर जान नखोजेको प्रष्ट पार्नुभएको थियो भने पूर्व गाविस उपाध्यक्ष समेत रहेकी राधिका पुनले ८ गाविसको गाउँपालिकाको सन्दर्भमा आफूहरु खर्वाङको पक्षमा रहेको वताउनु भएको थियो । त्यस पछि वोल्नुभएका स्थानिय विकास अधिकारी भरत गौतमले आफुहरुले गोष्ठीमा उठेका सवालहरुलाई सुझावको रुपमा लिने वताउनु भएको थियो । 

जिल्ला स्तरीय आयोगले बागलुङ जिल्लालाई ६ ओटा गाउँपालिका र १ नगर पालिका वनाउने गरि एउटा प्रारुप सार्वजनिक गरेको छ। जस अन्तर्गत जिल्लाको पाण्डवखानी, शिसाखानी, रिघा, दगातुन्डाडा, ग्वालीचौर, जलजला रणसिंहकिटेनी र भिमगिठे लाई खर्वाङ केन्द्र रहने गरि गाउँपालिकाको प्रस्ताव गरिएको छ। 

कार्यक्रम दगातुन्डाडा गाविस सचिव गिता पौडेलको अध्यक्षता, तथा जिल्ला विकास समितिका प्रशासकिय अधिकृत शस वहादुर पुनको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रस्तावित गाउँ पालिकामा पर्ने साविकका पाण्डवखानी, शिसाखानी, रिघा, दगातुन्डाडा, ग्वालीचौर, जलजला रणसिंहकिटेनी र भिमगिठे गाविसका राजनैतिक दल, गाविस सचिव, पूर्व गाविस पदाधिकारी तथा सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । 

विज्ञ सहितको आयोगले दिएको सुझाव अनुसार खर्वाङमा भौतिक संरचना जस्तै हल, कार्यलय संचालनको लागी सरकारी भवन, इलाका वन कार्यालय, इलाका हुलाक कार्यालय, पशुसेवा केन्द्र, कृषिसेवा केन्द्र, प्रहरी चौकी, सामुदायीक स्वास्थ्य केन्द्र, उच्च मावि, सडक सञ्जालले छोएको तथा मध्यपहाडि लोकमार्ग, वुटवल ढोरपाटन सडक, र खर्वाङ प्यूठान स्वर्गद्धारी सडकको नाका भएको, विद्युत तथा संचारको व्यावस्था रहेको, पर्याप्त सार्वजनिक स्थलहरु खेल मैदान, वसपार्क, शवदहन केन्द्र, पर्याप्त खानेपानीको व्यावस्था भएको, प्राकृतिक प्रकोप जोखिम नरहेको तथा प्रस्तावित आठै गा.वि.स. मा सिधा सडक संजालले छोएकोले पनि गाउँपालिकाको केन्द्र उपयुक्त हुन सक्ने वुझाई रहेको छ। 

यसै विच स्थानिय निकाय पुर्नसंरचना प्राविधिक समिति वागलुङले विहिवारको लागी जिल्लाको हटियामा नौ गाविसको गोष्ठी आयोजना गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह