पुस २०, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नीको उपचारको लागि भारत गएका छन् | सोमबार पत्नी सिता दाहललाई उपचारका लागि भारको मुम्बई लगिएको हो |
साथमा छोरी गंगा दाहाल,अध्यक्ष प्रचण्ड मुम्बई गएका छन् | सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् | त्यसलाई ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ भनिन्छ |
यसअघि उनी काठमाडौँको मेडिसिटि अस्पतालमा उपचार गराएर घरमै आराम गरिरहेकी थिइन् |