2026-09-13 07:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मोटर चल्ने तीन पुल निर्माण शुरु

पुस २२, म्याग्दी | गण्डकी प्रदेश सरकारले म्याग्दीमा मोटर चल्ने तीन वटा पुल निर्माण एकैसाथ शुरु गरेको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकाको ग्रामीण बस्तीलाई सिधा सडक सञ्जालसँग जोड्न पुल निर्माण शुरु गरिएको हो । कार्यालयका इञ्जिनीयर सन्तोष अर्यालले रु नौ करोड ८० लाखको लागतमा ठेक्का सम्झौता गरेका फरक–फरक निर्माण कम्पनीहरुले पुल निर्माणलाई तीव्रता दिएका जानकारी दिनुभयो । 

“गत आर्थिक वर्षमै सम्झौता भए पनि कोरोनाको जोखिम र बाढी पहिरोका कारण व्यवसायी कार्यक्षेत्रमा परिचालन हुन सकेका थिएनन्”, उहाँले भन्नुभयो, “हिउँद लागेसँगै पुल निर्माणको काम धमाधम भइरहेको छ । निर्धारित समयभित्रै पुल निर्माण गरिसक्ने तयारीसहित ठेकेदारले उपकरण र मजदुर परिचालन गरेका छन् ।”

मालिका गाउँपालिकाको दरबाङदेखि सिरदी हुदै निस्कोट र मङ्गला गाउँपालिकाको अर्मन जोड्ने सडकअन्तरगत म्याग्दी खोलामाथि ४० मिटर लामो ट्रस प्रविधिको पुल निर्माण गर्न रु चार करोड ४५ लाखमा प्रदीप–जुम्ली जेभीले ठेक्का लिएको छ । विसं २०७७ साउन ४ गते सम्झौता भएको यो आयोजनाको म्याद दुई वर्षको छ । खोलाको दायाँ र बाँया किनारमा पहाड भएकाले त्यसैमा खाडल खनेर पिल्लर बनाई पुलको ट्रस जोड्ने र ढलान गर्ने डिजाइन बनेको छ । निर्माण कम्पनीका प्रतिनिधि प्रवीण सापकोटाले पुलको जग राख्ने र खाडल खन्ने काम सकिएको बताउनुभयो । 

मालिका गाउँपालिका–७ बिम र धवलागिरि गाउँपालिका–६ मराङको सिमाना भएर बग्ने अर्गलास्थित मराङ खोलामा २५ मिटर लामो आरसिसी टिबिएम प्रविधिको पुल निर्माणका लागि सन २०२० को मार्च १२ मा फेवा–सावित्री जेभीले ठेक्का सम्झौता गरेको थियो । रु दुई करोड ७२ लाखमा ठेक्का लिएको यो योजनाको म्याद एक वर्षको छ । पुलको जग खनेर पिल्लरको ढलान शुरु गरेको निर्माण कम्पनीका प्रतिनिधि रामचन्द्र कार्कीले बताउनुभयो । 

यसैगरी अन्नपूर्ण गाउँपालिका–७ र ८ को सिमानास्थित संसारे खोलामा १६ मिटर लामो मोटर चल्ने पुल बनाउन २०७६ फागुनमा रायमाझी–हिमालयन जेभीले ठेक्का सम्झौता गरेको थियो । रु दुई करोड ६३ लाखमा सम्झौता गरेको ठेकेदारले एकातर्फको पिल्लरको ढलान शुरु गरेको छ । यो पुलको म्याद पनि आगामी फागुन महिनासम्म छ । 

कार्यालयमार्फत मालिका–७ भारवाङ र धवलागिरि–७ बगरको सिमानाको म्याग्दी खोलामा ४० मिटर लामो पुल निर्माणाधीन अवस्थामा छ । भारवाङको पुल निर्माणका लागि २०७६ असारमा देव एन्ड सायर बिएन जेभीले रु छ करोड २४ लाखमा ठेक्का लिएको थियो । कम्पनीका प्रतिनिधि नारायण जिसीले नौ महिनापछि काममा फर्किएर निर्माणलाई तीव्रता दिएको बताउनुभयो । 

यसैगरी दरवाङ–धारापानी–ताकम–मुना सडकअन्तरगत गत वर्ष ठेक्का सम्झौता भएको दाङखोलाको मोटर चल्ने पुलको पुनःडिजाइन गर्दा लम्बाई बढाउनुपर्ने देखिएको इञ्जिनीयर अर्यालले बताउनुभयो । यसअघि १५ मिटरको पुल बनाउने डिजाइन तयार पारे पनि बाढीले धेरै कटान गरेपछि २५ मिटर लामो बनाउनुपर्ने भएको हो । आठ दशमलव चार मिटर फराकिलो हुने सबै पुलको छ मिटरमा ढलान र दायाँबायाँ एक दशमलव दुई मिटरको पैदल हिँड्ने फुटपाथ हुनेछ । पुल निर्माण भएपछि ग्रामीण सडकमा बाह्रै महिना नियमित सवारी सञ्चालन हुने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन