पुस २२, काठमाडौँ | बुधबार सुनको मूल्य बढेको छ | मंगलबारको तुलनामा आज प्रतितोला ३ सयले बढेर छापावाल सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |
यसअघि आइतबार सुनको मूल्य तोलामा ९४ हजार ५०० रुपैयाँ थियो भने सोमबार ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो | त्यस्तै बुधबार तेजाबी सुनको मूल्य पनि बढेको छ | बुधबार तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ |
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ | मंगलबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १३४० रुपैयाँमा कारोबार भएको छ |