१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद विघटन बिरुद्ध परेका मुद्दाको सुनुवाई सुरु

२२ पुष २०७७, बुधबार ०७:१८

पुस २२, काठमाडौँ | संसद विघटन बिरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाको सुनुवाई सुरु भएको छ | प्रतिनिधि सभा विघटनविरूद्ध परेका दर्जन बढी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको हो | प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यसअघि पुस १० गतेको इजलासमै भएका न्यायाधीशहरू आफू सहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सहितको इजलास गठन गरेका हुन् | 

सरकारले गरेको संसद विघटन विरुद्धका रिटको सुनुवाई बृहत् पूर्ण इजलासमा हुनुपर्ने माग कानुन व्यवसायीहरुले गरेका छन् | व्यवसायीहरुको निवेदनका बारेमा अध्ययन गर्नका लागि इजलासले अध्ययन गरिरहेको छ |

पुस १० मा सर्वोच्चले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सभामुख सँग संसद विघटन गर्नुको लिखित जवाफ मागेको थियो | कानुन व्यवसायीहरुले उक्त मुद्दामाथि संवैधानिक इजालस नभई बृहत् पूर्ण इजलासमा सुनुवाई गर्नुपर्ने माग सहित दर्जन निवेदन दिइएका छन् |

५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले संसद विघटन गरेपछि उक्त मुद्दा सर्वोच्चमा गएको हो | सरकारले गरेको संसद विघटन खारेज गर्न माग सहित सर्वोच्च अदालतमा दर्जन भन्दा बढी रिट परेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ