पुस २२, काठमाडौँ | सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजिनामा दिएका छन् | उनले बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजिनामा दिएको घोषणा गरेका हुन् |
उनले आफू ओली समूहमै रहेको बताएका छन् | उनी केहि समय अघि मात्रै नेकपा ओली समूहको केन्द्रीय सदस्यमा नियुक्त भएका थिए | बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित भएका थिए |
उनी तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित भएका थिए |