१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद विघटन बिरुद्ध परेका मुद्दाको सुनुवाई पुस २९ गते

२२ पुष २०७७, बुधबार ११:५०

पुस २२, काठमाडौँ | संसद विघटन बिरुद्ध परेका मुद्दाको सुनुवाई एक हप्प्ता लम्बिएको छ | बुधबार संवैधानिक इजलासले संसद विघटन बिरुद्ध सर्वोच्चमा परेका मुद्दाको अर्को सुनुवाई २९ पुसमा गर्ने निर्णय गरेको हो | 

बुधबारको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी थिए | न्यायाधीश हरिकृष्ण कार्की केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता रहेकाले अहिले यो मुद्धा हेर्दा स्वार्थ बाझिने भन्दै  वरिष्ठ अधिवक्ता शम्भु थापा र दिनेश त्रिपाठीले उनको सहभागितामा प्रश्न उठाएपछि उनले संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् |

पाँच सदस्यीय संवैधानिक इजलासबाट न्यायाधीश कार्कीले नबस्ने घोषणा गरेपछि उक्त इजलासमा अर्को न्यायाधीश थपिने भएको हो | प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यसअघि पुस १० को इजलासमै भएका न्यायाधीशहरू आफू सहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ,अनिलकुमार सिन्हा र तेजबहादुर केसी सहितको इजलास गठन गरेका थिए | 

सरकारले गरेको संसद विघटन विरुद्धका रिटको सुनुवाई बृहत् पूर्ण इजलासमा हुनुपर्ने माग कानुन व्यवसायीहरुले गरेका छन् |  कानुन व्यवसायीहरुले उक्त मुद्दामाथि संवैधानिक इजालस नभई बृहत् पूर्ण इजलासमा सुनुवाई गर्नुपर्ने माग सहित दर्जन निवेदन बुधबार दर्ता गराएका थिए |

यसअघि १० पुसमा प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासले संसद् विघटनविरुद्ध परेका रिटमा आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ गर्न भनेको थियो | सर्वोच्चले अन्तिम सुनुवाई गर्नुअघि राष्ट्रपति,प्रधानमन्त्री,सभामुख अग्नि सापकोटासंग संसद विघटन गर्नुको लिखित जवाफ मागेको थियो |

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको बहसका लागि सर्वोच्चलाई सघाउन एमिकस क्युरी समेत गठन गरिएको छ । सर्वोच्चलाई राय दिने एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, गीता संग्रौला, बद्रिबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली रहेका छन् |

५ पुसमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले संसद विघटन गरेकी थिइन् | सरकारले प्रतिनिधि सभा विघटन गरेर आगामी बैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरिसकेको छ | प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दर्जन भन्दा बढी रिट परेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ