२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हेल्मेट शिक्षक’लाई कारवाही गर्छुः उपकुलपति प्रा डा सिंह

२८ पुष २०७७, मंगलवार ०६:३४

पुस २८, कर्णाली | मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले विश्वविद्यालयमा एक घण्टा पढाएर भाग्ने ‘हेल्मेट’ शिक्षकलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “आफू एक घण्टा नपढाउने र विद्यार्थीलाई विश्वविद्यालयको नेतृत्वविरुद्ध जुलुस गर्न लगाउन केही गलत प्रवृतिका शिक्षकका कारण शैक्षिक उन्नयनमा विभिन्न समस्या सिर्जना हुँदै आएको छ ।”  

 विश्वविद्यालयको १०औँ सिनेटले यहाँ अध्यापनरत शिक्षकलाई सात घण्टा पढाउने निर्णय गरिसकेको छ । यही पुस २६ गते मौका परीक्षा दिन पाउनुपर्छ भन्दै मध्यपश्चिम इञ्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीले उपकुलपतिको कार्यकक्ष तोडफोड गरेपछि पत्रकार सम्मेलन गर्नुभएका उहाँले सो घटनामा संलग्न विद्यार्थी र नियोजित ढङ्गले विद्यार्थी उक्साउने शिक्षकलाई चिनिसकिएको हुँदा उनीहरुलाई सार्वजनिक सम्पतिमाथि तोडफोड गर्ने कसूरमा सार्वजनिक मुद्दा लगाउने बताउनुभयो । 

“यहाँ केही क्याम्पस प्रमुखले नै कुनामा बसेर हुलदङ्गा गर्न विद्यार्थी उक्साएका छन्,” उहाँले भन्नुभयो, “नपढ्ने विद्यार्थीका माग र गलत योजना बनाउने शिक्षकलाई तह लगाएरै छोडिन्छ ।” मध्यपश्चिम विश्वविद्यालयलाई दुहुनो गाई बनाएर रु.७६ करोड बेरोजु लगाउने मान्छेहरुले नै यसलाई अस्तव्यस्त बनाएको उहाँको आरोप छ । 

उपकुलपति प्रा डा सिंहले भन्नुभयो, “व्यवहारिक माग भए त्यसको समाधान र सुनुवाइ गर्न छुट्टै समिति बनाइएको छ । वार्तामा आउनुस्, हुने कुरा हुन्छ र नहुने कुरा हुँदैन । तर कुनै पनि गलत कुरामा सम्झौता हुँदैन ।” विश्वविद्यालयमा अध्यापन शिक्षक नै तोडफोड गराउने र विद्यार्थी भड्काएर निजी कलेजमा भर्ना गर्न लगाउने शिक्षकको विवरण आइसकेको उल्लेख गर्दै उहाँले त्यस्ता गलत शिक्षकलाई बेलैमा सुध्रिन अन्यथा कारवाहीको भागिदार हुनुपर्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो